प्रधानमन्त्री सुशीला कार्की र सातै प्रदेशका मुख्यमन्त्रीबीचको संयुक्त बैठक बालुवाटारमा जारी छ । संघीय अभ्यासका सात वर्ष पूरा भएपछि संघ–प्रदेशबीचको सम्बन्ध, अधिकारको कार्यान्वयन र सहकार्यका विषयमा केन्द्रित यस बैठकलाई अर्थपूर्ण छलफलको रूपमा हेरिएको छ ।
प्रधानमन्त्री कार्कीले संघीय शासन प्रणालीलाई सुदृढ बनाउने उद्देश्यले मुख्यमन्त्रीहरूलाई छलफलका लागि बोलाएकी थिइन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री कार्कीले परिवर्तित राजनीतिक अवस्थालाई ध्यानमा राख्दै संघ र प्रदेशबीचको समन्वय, स्रोत–साधनको बाँडफाँट, नीति कार्यान्वयन र विकास कार्यक्रमका प्राथमिकताहरूमा सहकार्य सघन बनाउन छलफल आह्वान गरेकी हुन् ।
बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेस प्रदेशका जितेन्द्रप्रसाद सोनार, बागमती प्रदेशका इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका चेतनारायण आचार्य, कर्णाली प्रदेशका यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका कमलबहादुर शाह सहभागी छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।