प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगममा पहुँचका आधारमा भर्ती गरिएका करार कर्मचारीलाई तत्काल हटाउन निर्देशन दिएकी छन्।
पर्यटनमन्त्रीका हैसियतमा उनले आइतबार सिंहदरबारमा निगमका सञ्चालक समिति र व्यवस्थापन अधिकारीलाई बोलाएर यस्तो आदेश दिइन्।
प्रधानमन्त्री कार्कीले भनिन्, ‘जेनजीहरूले यत्रो रगत बगाएको केका लागि हो ? नातावाद, कृपावाद, विभेद अन्त्यका लागि होइन ? उता आन्दोलन भइरहेको छ, यता आफ्ना मान्छे भर्ती भइरहेको छ, यो असह्य छ।’
उनले निगमभित्रको बेथिति अन्त्य गरी पुराना सुधार प्रतिवेदनका सुझाव तत्काल कार्यान्वयन गर्न निर्देशन दिइन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।