डोनाल्ड ट्रम्प फेरि राष्ट्रपति उम्मेदवार

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सन् २०२० मा हुने राष्ट्रपतीय निर्वाचनमा फेरि उम्मेदवार हुने निश्चित भएको छ । उनले आफ्नो टिमलाई ठिक ठाउँमा थप चार वर्ष राख्न अनुरोध गर्दै राष्ट्रपतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । 

फ्लोरिडामा भएको एक र्यालीलाई सम्बोधन गर्दै ट्रम्पले यो घोषणा गरेका हुन् ।

ट्रम्पले फेरि पनि यसअघिको जस्तै ‘मेक अमेरिका ग्रेट एगेन’ नारालाई प्राथमिकतामा राख्ने बताएका छन् । 

ट्रम्पको यो पहिलो चुनावी र्यालीमा २० हजारभन्दा धेरै मानिसको सहभागिता थियो । ट्रम्पले विपक्षी डेमोक्रेट्स सत्तामा आए अमेरिकाको अर्थव्यवस्था कमजोर हुने बताएका थिए । 

यो घोषणा गर्दा ट्रम्पसँगै उनकी पत्नी अर्थात् अमेरिकाकी प्रथम महिला मेलानिया ट्रम्प र उनको सपरिवार कार्यक्रममा उपस्थित थिए । यसअघिको निर्वाचनमा फ्लोरिडामा रिपब्लिकन पार्टीलाई निकै धेरै मत मिलेको थियो । ‘हामीले यो एकपटक गरेका थियौँ,’ ट्रम्पले र्यालीमा भने, ‘अब फेरि गर्नेछौँ ।’

त्यसो त गत शनिबार नै ट्रम्पले आफू अब पनि राष्ट्रपति नबने देशको अर्थतन्त्र खतरामा पर्ने बताएका थिए । यसपटक ट्रम्पले आफूलाई मत दिए अमेरिका र समाजवादलाई थप बलियो बनाउने वाचा गरेका छन् । 



तर, अमेरिकामा गरिएका विभिन्न सर्वेहरुले यसपटक ट्रम्प पराजित हुने देखाएका छन् । पूर्वउपराष्ट्रपति जो विडेनभन्दा ट्रम्पलाई मन पराउने अमेरिकीको संख्या निकै घटेको विभिन्न सर्वेहरुले देखाएका छन् ।



  • प्रकाशित मिति : असार ४, २०७६ बुधबार ११:५४:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया