२७ कात्तिक, २०८२ बिहीबार
Nov. 13, 2025

११ राजदूतलाई परराष्ट्रको पत्र- पुरानै टिकटमा फिर्ता हुनू
फाइल तस्बिर

सरकारले ११ मुलुकमा कार्यरत नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । सोमबार साँझ परराष्ट्र मन्त्रालयमार्फत ती सबै देशस्थित नेपाली दूतावासमा पत्राचार गरी राजदूतलाई स्वदेश फर्कन निर्देशन दिइएको हो । 


फिर्ता बोलाइएका राजदूत क्रमशः चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रसिया, साउदी अरब, स्पेन, संयुक्त अधिराज्य (युके), जापान र संयुक्त राज्य अमेरिका (यूएस) मा कार्यरत छन् ।



मन्त्रालयबाट पठाइएको पत्रमा भनिएको छ, ‘महामहिमज्यूलाई अन्य व्यवस्था नभएसम्मका लागि परराष्ट्र मन्त्रालयमा रही कामकाज गर्नेगरी नेपाल बोलाउने मिति २०८२ कात्तिक १७ गतेको निर्णय भएको छ । उक्त निर्णय प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री स्तरीय बैठकबाट पारित भएको हो ।’

पत्रमा थप भनिएको छ, ‘नेपाल फर्कनेक्रममा महामहिमज्यूको नाममा जारी गरिएको हवाई टिकट नै प्रयोग गरी मिति २०८२ कात्तिक २० गतेभित्र मन्त्रालयमा सम्पर्क गर्न आइपुग्न अनुरोध छ ।’



परराष्ट्र मन्त्रालयको सामान्य प्रशासन महाशाखाको तर्फबाट पठाइएको उक्त पत्रमा महाशाखा प्रमुख सुरेन्द्रकुमार यादवको हस्ताक्षर रहेको छ । 



  • प्रकाशित मिति : १७ कात्तिक, २०८२ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया