ट्रम्पले अन्तर्वार्ता दिँदा एक कर्मचारीले खोकेपछि...

एजेन्सी– कुनै पनि कक्षाकोठामा कोही विद्यार्थीले तनाव दियो भने शिक्षकले त्यो विद्यार्थीलाई बाहिर निकालिदिन्छन् । तर, यस्तो कुरा एउटा कक्षाकोठामा मात्र सिमित हुने चाहिँ होइन रहेछ । प्रसङ्ग हो, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको । 

ट्रम्पले अमेरिकी न्युज च्यानल एबिसीलाई अन्तर्वार्ता दिँदै थिए । त्यही समयमा कोठामा रहेका एक अधिकारी मिकले खोक्न थाले । मिकको त्यो खोकाइ एक पटक मात्र आएको थिएन, दुई पटक आयो । त्यसपछि ट्रम्प उनलाई हेरेर झोक्किए । 

‘तिमीलाई थाहा छैन, मलाई यो सब कुरा मन पर्दैन,’ ट्रम्पले भने, ‘तत्काल कोठाबाहिर जानु ।’ ती अधिकारी त्यसपछि कोठाबाट बाहिर निस्किए, ट्रम्पको रोकिएको अन्तर्वार्ता फेरि सुरु भयो ।’ आइतबार ट्रम्पको त्यो अन्तर्वार्ता टिभीमा प्रसारित भएको थियो । 

उता, इजरायलले विवादित गोलन हाइट्समा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाममा एउटा नयाँ गाउँको नाम राखेको छ । इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहूलाई यसकारण ट्रम्पले ट्विटरबाट धन्यवाद दिएका छन् । 





  • प्रकाशित मिति : असार ४, २०७६ बुधबार १२:४९:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया