ब्राजिलियन फुुटबल स्टार नेयमारलाई यसपटक पनि राष्ट्रिय टिममा समावेश गरिएको छैन ।
प्रशिक्षक कार्लो एन्सेलोट्टीले सोमबार सेनेगल र ट्युनिसियाविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि घोषणा गरेको टोलीमा नेयमारलाई समावेश नगरेका हुन् ।
एन्सेलोट्टीले युवा खेलाडीलाई नै विश्वास गर्दै टोलीमा खासै परिवर्तन गरेका छैनन् । नेयमार गत वर्ष उरुग्वेविरुद्ध खेल्दा घाइते भएका थिए । त्यस खेलमा उनको घुँडामा चोट लागेको थियो ।
उनले अहिले प्रशिक्षण सुरु गरे पनि चिकित्सकले अझै पूर्ण फिट नभएको बताएका छन् । ब्राजिल टिमका मुख्य प्रशिक्षक एन्सेलोट्टीले भनेका छन्, ‘नेयमार हाम्रो योजनामा छन् । तर, अहिले उनको स्वास्थ्य नै मुख्य कुरा हो ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।