नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा बहुविवाह प्रकरणमा पक्राउ परेका छन् ।
ताप्लेजुङका शेर्पालाई मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले धुम्बाराहीबाट पक्राउ गरेको हो । उनी एमाले निकट जनसंगठन जनजाति महासंघका अध्यक्षसमेत हुन् ।
तीन वर्षअघि बहुविवाहको मुद्दामा अदालतले उनलाई एक वर्ष कैद र ५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो । तर, अदालतको फैसलापछि पनि उनी शक्तिको आडमा निर्णय कार्यान्वयन नगरी फरार रहेकाले मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।
शेर्पाले सो सजायविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए । तर, उच्च अदालतले पनि जिल्ला अदालतको फैसला यथावत् राखेको थियो।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।