२८ कात्तिक, २०८२ शुक्रबार
Nov. 14, 2025

जेनजी आन्दोलनमाथि एमालेको समीक्षा, भन्यो- संसद् विघटनले लोकतन्त्रविरोधी उत्साहित भए
फाइल तस्बिर

नेकपा (एमाले) ले विधान महाधिवेशनपछि बसेका सचिवालय र केन्द्रीय कमिटीका बैठकका निष्कर्ष समेट्दै नयाँ अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेको छ ।


अध्यक्ष केपी शर्मा ओलीले मंगलबार जारी गरेको अपानिमा भदौ २३ र २४ गतेको ‘जेनजी आन्दोलन’ र त्यसपछिका घटनाक्रमले निम्त्याएको राजनीतिक प्रभावसहित आसन्न ११औँ महाधिवेशनबारे विस्तृत समीक्षा गरिएको छ । 



निर्देशनमा तत्कालीन प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिएपछि कामचलाउ प्रधानमन्त्रीका रूपमा संविधान संशोधनमार्फत राजनीतिक संकटको समाधान खोज्ने उद्देश्यले राष्ट्रपतिलाई सिफारिस गरेको प्रसंग उल्लेख गरिएको छ । 

अपानिमा भनिएको छ, ‘प्रतिनिधिसभाको विघटनले देशलाई जनप्रतिनिधिविहीन अवस्थातर्फ धकेलेको छ । यसले राजनीतिक रिक्तता सिर्जना गरेको मात्र होइन, जनतामा निहित सार्वभौमसत्तालाई कमजोर बनाउँदै लोकतन्त्रविरोधी शक्तिहरूलाई उत्साहित तुल्याएको छ ।’ 





  • प्रकाशित मिति : १८ कात्तिक, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया