एजेन्सी– बलिउड अभिनेता इरफान खान अहिले फिल्म अंग्रेजी मिडियमको सुटिङमा व्यस्त छन् । उनलाई नै सहज होस् भनेर यो फिल्मको सुटिङ पछिल्लो समय लन्डनमा हुँदै छ । क्यान्सरबाट पीडित इरफानलाई उपचार गर्न पनि सहज होस् भनेर फिल्मको सुटिङ लन्डनमा गर्न लागिएको बताइएको छ ।
इन्डोक्राइन क्यान्सरबाट ग्रसित इरफानले अब कम्तिमा पनि ६ महिना उपचारका लागि दिनु पर्ने बताइएको छ । बाँकी उपचार हुँदाहुँदै पनि काम गर्न इच्छुक रहेकाले फिल्मको सुटिङ लन्डनमा गर्न लागिएको हो ।
यसअघि यो फिल्मको सुटिङ भारतमा नै गरिएको थियो । अब २० दिन सुटिङ समय बाँकी रहेकाले अभिनेत्री करिना कपुर पनि लन्डन जाँदै छिन् ।
लन्डनमा अर्का अभिनेता साहरुख खानको घरमा इरफानले फिल्म सुटिङ गर्ने भारतीय मिडियाले विभिन्न स्रोतको उल्लेख गर्दै जनाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।