२७ कात्तिक, २०८२ बिहीबार
Nov. 13, 2025

हामीले गल्ती गरेका थियौँ, अब सुधारका लागि तयार छौँ : गगन थापा
फाइल तस्बिर

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आसन्न महाधिवेशनलाई पार्टीका लागि आत्मसमीक्षा र पुनर्जन्मको ऐतिहासिक अवसरका रूपमा लिनुपर्ने बताएका छन् ।


मंगलबार बसेको केन्द्रीय समिति बैठकमा महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्दै उनले हालको राजनीतिक उथलपुथलपछिको यो अधिवेशनलाई पार्टीको मार्ग परिमार्जन गर्ने निर्णायक मोडका रूपमा हेर्नुपर्ने बताएका हुन् । 



थापाले भने, ‘महाधिवेशन केवल नेतृत्व चयनको मञ्च होइन, आत्मसमीक्षाको थलो हो । यही मञ्चबाट हामी नागरिकसँग प्रत्यक्ष संवाद गर्न सक्छौं, जनताको विश्वास पुनःस्थापित गर्न सक्छौं । हामीले गल्ती गरेका थियौं, जनताको आवाज सुनेका छौं । अब सुधारका लागि तयार छौँ ।’

महामन्त्री थापाले जनतालाई भोलिको कांग्रेस आजभन्दा भिन्न र जिम्मेवार देखिने भरोसा दिलाउनुपर्नेमा जोड दिए ।



‘हामीले भन्नुपर्छ- भोलिको कांग्रेसको सरकार फरक हुनेछ । तर त्यसअघि हामीले प्रमाणित गर्नुपर्छ कि कांग्रेस आज नै आफ्नै रूपान्तरणको बाटोमा अघि बढेको छ,’ थापाले भने ।



  • प्रकाशित मिति : १८ कात्तिक, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया