२७ कात्तिक, २०८२ बिहीबार
Nov. 13, 2025

नेपाल प्रहरीको प्रवक्तामा अविनारायण काफ्ले

नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता परिवर्तन भएका छन् । 


प्रहरी प्रधान कार्यालयका अनुसार नयाँ केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डिआइजी) अविनारायण काफ्लेलाई दिइएको छ ।



यसअघिका प्रवक्ता डिआइजी विनोद घिमिरेको स्थानमा मंगलबार काफ्लेलाई नियुक्त गरिएको प्रहरी महानिरीक्षक (आईजीपी) को सचिवालयले जनाएको छ । 

प्रवक्ता काफ्ले हाल प्रहरी महानिरीक्षकको सचिवालयमै कार्यरत छन् । 





  • प्रकाशित मिति : १८ कात्तिक, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया