२७ कात्तिक, २०८२ बिहीबार
Nov. 13, 2025

वडाध्यक्षलाई मालिस गराएका गाउँपालिका अध्यक्ष चौधरीको राजीनामा स्वीकृत

सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दीनानाथ चौधरीले दिएको राजीनामा उपाध्यक्ष कल्पना चौधरीले स्वीकृत गरेकी छन् ।


गाउँपालिकाकी उपाध्यक्ष चौधरीको कार्यकक्षमा रहेको सोफामा सुतेर वडाध्यक्षबाट खुट्टा मालिस गराइरहेको भिडियो सार्वजनिक भएपछि अध्यक्ष चौधरी विवादमा तानिएका थिए ।



भिडियो भाइरल बनेपछि उनीमाथि सार्वजनिक पदको मर्यादा र आचरणविपरीत व्यवहार गरेको आरोप लागेको थियो ।

विवाद बढ्दै गएपछि अध्यक्ष चौधरीले गत ५ असोजमा उपाध्यक्ष चौधरीलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका थिए । सोही दिन गाउँ सभा बसेर राजीनामाबारे छलफल पनि गरिएको थियो ।



राजीनामा पत्रमा उनले पदमा निरन्तर रूपमा जिम्मेवारी पूरा गर्न असमर्थ भएको कारण स्वेच्छाले राजीनामा दिएको उल्लेख गरेका छन् । 



  • प्रकाशित मिति : १८ कात्तिक, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया