नवगठित नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजकमा माधवकुमार नेपाल चयन भएका छन् । दाहाल माओवादी केन्द्रका संयोजक र नेपाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष हुन् ।

नेता महिन्द्र राय यादवको प्रस्तावपछि यो निर्णय सर्वसम्मतरूपमा अनुमोदन भएको हो ।
बुधबार माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टीलगायतका दलबीच ऐक्यबद्धताका साथ पार्टी एकताको औपचारिक घोषणा गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।