२६ कात्तिक, २०८२ बुधबार
Nov. 12, 2025

दुई पटकभन्दा बढी प्रधानमन्त्री नहुने व्यवस्था गर्नुपर्छ : चन्द्र भण्डारी

नेपाली कांग्रेसका नेता चन्द्रकान्त भण्डारीले धेरै पटक प्रधानमन्त्री हुँदा र समानुपातिक प्रणालीले गर्दा सिन्डिकेट भएको भन्दै दुई पटकभन्दा बढी प्रधानमन्त्री नहुने व्यवस्था गर्नुपर्ने बताएका छन् । 


बुधबार काठमाडौंमा आयोजित जेनजी र वृहत् राजनीतिक संवाद कार्यक्रममा बोल्दै उनले एक हप्ताको लागि भएपनि संसद ब्यूँताएर संविधानमा शंसोधन गरेर निर्वाचनमा जान सकेमा देशको रोग सधैँको लागि हट्न सक्ने बताए ।  



उनले भने, ‘तपाईंहरूले प्रदेशको खारेजीको कुरा उठाउनुभएको छ । अहिले हामीले प्रदेशको खारेजीको कुरा गर्यौँ भने नेपाल विखण्डन हुन सक्छ । त्यसैले यसलाई प्रशासनिकरूपले विकास गर्नुपर्छ । प्रधानमन्त्री धेरै हुँदा समानुपातिक प्रणालीले गर्दा सिन्डिकेट भयो । दुई पटकभन्दा बढी प्रधानमन्त्री नहुने व्यवस्था गर्नुपर्छ । अहिले हामी चुनावमा गयौं भने व्यक्ति परिवर्तन होला तर प्रवृत्ति परिवर्तन हुँदैन । जुन यो रोग छ । एक हप्ताको लागि भएपनि संसद ब्यूँताएर संविधानमा शंसोधन गरेर हामी निर्वाचनमा गयौं भने सँधैको लागि यो रोग हट्छ ।’ 

त्यस्तै, भण्डारीले इच्छाशक्ति भएको र इमानदार नेता भएन भने प्रणाली राम्रो भएर मात्र देश बन्न सम्भव नहुने धारणा राखे । 



‘यो अहिलेको प्रणाली राम्रो हो । तर इच्छाशक्ति भएको इमान्दार नेता भएन भने राम्रो देश बन्दो रहेनछ । इमानदार नेताको हातमा परेन भने युवाहरूले हामीलाई असहयोग गरेर विदेश उड्दो रहेछन् । जुन कुरा मेरो विगतको अनुभवले पनि देखाएको छ,’ उनले भने । 


 



  • प्रकाशित मिति : १९ कात्तिक, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया