काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएपछि फरार भएका एक जनालाई पक्राउ गरेको छ । सिआइबीले राजधानीको सुकेधाराबाट काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ९ बस्ने कुमार खड्कालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार खड्काले प्रमोद जैसवालसँग २३ लाख ऋण लिएका थिए । तर तिर्ने बेलामा नेपाल एसबिआई बैंकको ब्यालेन्स नभएको चेक काटेर दिएका थिए । तर, सो चेक बाउन्स भएको थियो ।
जैसवालले खड्काविरुद्ध मुद्दा हालेपछि उच्च अदालत पाटनले ०७६ वैशाख १६ गते उनलाई एक महिना कैद र २३ लाख जरिवाना ठहर गरेको थियो । खड्काले ०७४ कात्तिक ११ मा जैसवालको नाममा चेक जारी गरेकोमा भुक्तानी हुन नसकी बाउन्स भएको प्रहरीको भनाइ छ ।
खड्कालाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेस गरी अदालतको आदेशपछि कैद भुक्तानको लागि कारागार पठाइएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।