एजेन्सी– बलिउड अभिनेत्री कंगना रनौटको फिल्मको ट्रेलर बुधबार रिलिज गर्ने भनिएको थियो । रनौट र राजकुमार रावले खेलेको फिल्मको ट्रेलर रिलिज गर्नका लागि एउटा कार्यक्रम पनि आयोजना गरिएको थियो । कंगना पनि त्यो पत्रकार सम्मेलनमा सहभागी हुँदै थिइन् ।
तर, अचानक त्यो कार्यक्रम रद्द गरियो । यसको कारण चाहिँ फिल्मको शीर्षक भएको बताइएको छ । फिल्मको नाम ‘मेन्टल है क्या’ राखिएकोमा भारतीय चिकित्सकहरुले त्यसमा आपत्ति जनाएका हुन् ।
ती चिकित्सकको आरोप छ, फिल्मले मानसिक समस्यासँग जुधिरहेकाहरुलाई व्यंग्य गर्छ ।
त्यसो त अर्की अभिनेत्री दीपिका पादुकोणको एनजिओ द लिभ लभ लाफ फाउन्डेसनले पनि यो फिल्मको शीर्षकमाथि प्रश्न उठाएको थियो ।
तर, यो फिल्मका निर्माताले फिल्म बोर्डले गर्ने सेन्सर पासको नतिजा कुरिरहेकाले ट्रेलर रिलिज नगरिएको हुनसक्ने बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।