नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्यरूपमा बढेको छ । आज सुन ६ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ३७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको सुन आज प्रतितोला २ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १० रूपैयाँले बढेको हो । बिहीबार ३ हजार १० रुपैयाँमा कारोबार भइरहेको चाँदी आज ३ हजार २० रुपैयाँमा कारोबार भइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।