१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

सेयर बजारका लगानीकर्ता धितोपत्र बोर्डप्रति असन्तुष्ट

सेयर बजारका लगानीकर्ताले धितोपत्र बोर्डमा दबाबमूलक कार्यक्रमको आयोजना गरेका छन् । शुक्रबार बिहान लगानीकर्ताले धितोपत्र बोर्डको कार्यालयमा गएर दबाब कार्यक्रम गरेका हुन् । 


‘हिँड काठमाडौं’ अभियानअन्तर्गत लगानीकर्ता नेपाल धितोपत्र बोर्ड पुगेका हुन् ।



शेयर बजारमा देखिएको विकृति र सुधारको विषय उठाउँदै आएका लगानीकर्ताले बजार सुधार र विस्तार तथा बजारको स्तरोन्नतिका लागि अभियान थालेका हुन् । 

सोहीक्रममा एकजना लगानीकर्ता दीपेन्द्र अग्रवालले धितोपत्र बोर्डको स्थापना नै लगानीकर्ताको लागि भए पनि यसले लगानीकर्ताको लागि केही काम गर्न नसकेको आरोप लगाए ।  



उनले भने, ‘हामीले खाना खाएको थाली सफा नगरी फेरि त्यसमै खान सकिँदैन । त्यसैले काम गर्ने बजारलाई शुद्धीकरण वा सुधार नगरी बजार चलायमान बनाउन सकिँदैन,’ अगाडि भने,‘लगानीकर्ताको हकहितका बारेमा सरकार र धितोपत्र बोर्डले सोच्नु पर्दैन ? बोर्ड के–का लागि स्थापना भएको हो लगानीकर्ताको लागि नै होइन ? लगानीकर्ताको लागि काम नगर्ने हो भने धितोपत्र बोर्ड किन चाहियो ?’

अभियानका अगुवा वा लगानीकर्ता आदित्य शिवाकोटीले १८ बुँदे माग राखेर अघि बढेकाले आन्दोलनमार्फत नै बोर्डलाई जिम्मेवार बनाउने बताए । 

धितोपत्र बोर्ड भ्रष्टाचार लिप्त भएको भन्दै यसलाई भ्रष्टाचारमुक्त बनाउनको लागि अभियान चालेको पनि उनको भनाइ छ । उनीहरूले बोर्ड सुधार र लगानीकर्ताको हितका लागि १८ बुँदे माग पनि तयार गरेका छन् । 



  • प्रकाशित मिति : २१ कात्तिक, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया