हङकङका धनाढ्यले चिनियाँ विश्वविद्यालयमा विद्यार्थीको सबै ट्युसन फी तिरिदिने !

एजेन्सी– हङकङका सबैभन्दा धनी ली का सिङले चिनियाँ विश्वविद्यालयको एउटा कक्षाका सबै विद्यार्थीको ट्युसन फी तिरिदिने बताएका छन् । लीले यो पैसा उनको च्यारिटी लि का सिङ फाउन्डेसनमार्फत् तिरिदिने बताएका हुन् । 

सान्ताओ विश्वविद्यालयमा सन् २०१९ मा भर्ना हुने ब्याचका विद्यार्थीको सबै पैसा तिरिदिने लीले बताएका हुन् । यो ब्याचमा अब भर्ना हुने विद्यार्थीले पाँच वर्षको फी तिर्नु पर्ने हुँदैन । 

९० वर्षका लीसँग अमेरिकी डलर ३० बिलियन बराबरको सम्पत्ति रहेको फोब्र्स पत्रिकाले जनाएको छ । 

गत महिना अर्का अर्बपति रोबर्ट एफ स्मिथले पनि अमेरिकी विश्वविद्यालयका एउटा कक्षाका सबै विद्यार्थीको ऋण तिरिदिने घोषणा गरेका थिए ।

हङकङका धनाढ्य लीले गरेको घोषणा अनुसार उनलाई १४ मिलियन अमेरिकी डलर पैसा पर्ने छ । ‘यसले विद्यार्थी र उसको परिवारलाई आर्थिक अभावमा रहिरहनु पर्ने समस्याबाट बाहिर ल्याउने आशा गरिएको छ,’ लीको फाउन्डेसनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

हङकङबाट चीनमा लगानी गर्ने व्यवसायीको सूचीमा अग्रस्थानमा लीको नाम आउँछ । उनलाई त बेलायतमा सुपरम्यान भनेर समेत चिनिन्छ । उनको लगानी र सफलताका लागि यो उपाधि सन् २००० मा दिइएको थियो ।





  • प्रकाशित मिति : असार ४, २०७६ बुधबार १८:३०:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया