२९ मंसिर, २०८२ साेमबार
Dec. 15, 2025

पूर्वमन्त्री आलमको शव रौतहट पुर्याइयो, मुस्लिम परम्परा अनुसार अन्त्यष्टि गरिँदै

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको शव रौतहट पुर्याइएको छ ।


काठमाडौंको केएमसी अस्पतालमा केही समयदेखि उपचाररत रहेका आलमको शनिबार बिहान निधन भएको हो । उनको पार्थिव शरीरलाई अन्त्येष्टिका लागी गृह जिल्ला रौतहटको राजपुर फरहदवामा ल्याइएको छ ।



उच्च रक्तचाप, सुगर लगायत स्वास्थ्यमा समस्या देखिएपछि आलमलाई एक महिना अघि  देखि अस्पतालमा भर्ना गरिएको थियो । काठमाडौं मेडिकल कलेज (केएमसी) मा उपचारका क्रममा आलमको शनिबार बिहान निधन भएको नेपाली कांग्रेस रौतहटले जनाएको छ । आलमको पैत्रिक गाउँमा  पार्थिव शरीर आइपुगेको छ भने गाउँले शोकमा छन् ।



उनको निधनको खबर सँगै गाउँमा शुभ शुभचिन्तकहरु भिड लागेको छ भने पुरै क्षेत्र शोकमा डुबेको छ । उनको आजै मुस्लिम परम्परा अनुसार अन्त्येष्टि गरिने पारिवारिक स्रोतले बताएको छ । आलमका दुई छोरा र एक छोरी छन् । 



  • प्रकाशित मिति : २२ कात्तिक, २०८२ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया