२९ मंसिर, २०८२ साेमबार
Dec. 15, 2025

जेनजी आन्दोलनमा लुटपाट र आगजनी गर्नेलाई कारबाही हाेस् : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले जेनजी आन्दोलनमा लुटपाट र आगजनी गर्नेलाई कारबाही गर्नुपर्ने बताएका छन् । उनले आन्दोलनपछि खरानी भएको निजी क्षेत्र अहिले खरानी टक्टकाउँदै जुर्मुर्याउने प्रयत्नमा रहेको बताए ।


शनिबार नेपाल वाणिज्य तथा उद्योग महासंघले आयोजना गरेको राष्ट्रिय आर्थिक संवाद २.० कार्यक्रममा बोल्दै उनले विगतको तुलनामा जेनजी आन्दोलनले निजी क्षेत्रमा बढि नै क्षति पुगेको बताएका हुन् ।



‘जेनजी आन्दोलनपछि खरानी भएको निजी क्षेत्र अहिले खरानी टक्टकाउँदै जुर्मुर्याउने प्रयत्न गरिरहेको छ । विगतको तुलनामा यस पटकको आन्दोलनले निजी क्षेत्रमा बढि नै क्षति पुगेको छ,’ उनले भने ।

उनले लगानीका लागि सापटी मागेर निजी क्षेत्रले जसोतसो भएपनि लगानी गरिरहेको भन्दै जेनजी आन्दोलनले आफैले आफैंलाई फर्केर हेर्न बाध्य बनाएको बताए । उनले निजी क्षेत्रमा पटक पटक प्रहार हुँदा पनि दरिलो र जिम्मेवार बनेको भन्दै निजी क्षेत्रले पनि आफ्नो समीक्षा गरिरहेको बताए ।



‘निजी क्षेत्रको उद्देश्य भनेको सेवा दिएर नाफा कमाउनु हो । तर यसको फरक बुझाइका कारण बारम्बार निजी क्षेत्रमा प्रहार हुने गरेको छ । तर पनि निजी क्षेत्र दरिलो र जिम्मेवार छ । हामी समीक्षा गर्दैछौं कहाँ चुक्यौ भनेर,’ उनले भने, ‘जेनजी आन्दोलनमा लुटपाट, आगजनी गर्नेलाई सरकारले कारबाही गरेर अगाडि बढ्न आवश्यक छ । निजी क्षेत्रको भावनालाई सरकारले बुझेको छ भन्ने आशा लिएका छौँ ।’



  • प्रकाशित मिति : २२ कात्तिक, २०८२ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया