एनआईसी एसिया बैँकका ग्राहकहरूलाई पर्वत रहेकाे द क्लिफ नेपालमा विभिन्न सेवा लिँदा विशेष १० प्रतिशत छुट सेवा उपलब्ध गराउने भएकाे छ । ग्राहकलाई उक्त सेवा उपलब्ध गराउनका लागि द क्लिफ नेपाल र बैंकबीच सम्झौता भएको छ ।
यस सम्झौतासंगै बैँकका ग्राहकहरूले कुश्मा, पर्वतमा रहेको द क्लिफ नेपालमा उपलब्ध विभिन्न सेवाहरु लिएर डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।
बैँकका ग्राहकहरूले द क्लिफ नेपालमा आवास सेवा, मेगाट्रोल, स्काइसाइकल, स्काइ क्याफे सेवाहरुमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न पाउनेछन् भने, साे सुविधा उपयोग गर्ने ग्राहकहरूले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने छ ।
द क्लिफ नेपालसँगको यस सहकार्यले ग्राहकहरूलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रबर्द्धन गरी नगद रहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।