नयाँ दिल्ली– भारतीय सेनाले पाकिस्तानसँगको सीमानामा नयाँ सैन्य समूह स्थापना गर्ने भएको छ । सीमामा नयाँ ‘इन्टिग्रेटेड ब्याटल ग्रुप्स’ स्थापना गर्नुको उद्देश्य युद्धका दौरान सेनाको क्षमतालाई अझ बढी मजबुती दिनु हो ।
योजनाअनुसार, अक्टोबरसम्ममा यो प्रक्रिया पूरा हुनेछ । त्यसपछि, चीनसँगको सीमामा पनि यस्तै ग्रुप स्थापना गर्ने भारतीय सेनाको योजना छ ।
सैन्य सूत्रको हवाला दिँदै भारतीय मिडियाले बताएअनुसार पश्चिमी कमान्डमा इन्टिग्रेटेड ब्याटल ग्रुपको क्षमता परीक्षणका लागि अभ्याससमेत गराइसकिएको छ ।
अभ्यासको निरीक्षण गरेका सैन्य अधिकारीहरुबाट निकै राम्रो प्रतिक्रिया आएको छ । यसैकारण, सेना जतिसक्दो छिटो दुईदेखि तीन ब्याटल ग्रुप निर्माण गर्ने तयारीमा जुटेको छ । ब्याटल ग्रुपको नेतृत्व मेजर जनरलले गर्नेछन् ।
पछिल्लो समय भारत–पाकिस्तान सम्बन्ध तनावपूर्ण अवस्थामा छ । पुलवामामा भएको आतंककारी हमलापछि भारतले पाकिस्तानी क्षेत्र बालाकोटमा हवाई आक्रमण गरेपछि केही महिनाअघि यी दुई छिमेकी झन्डै युद्धको अवस्थामा पुगेका थिए । त्यसैले पनि भारत पाकिस्तानसँगको सीमामा नयाँ सैन्य समूह निर्माण गर्ने सोचमा पुगेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।