१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

भारतको अनुदान सहयोगमा ११ नयाँ विकास परियोजनाका लागि सम्झौतामा हस्ताक्षर

भारत सरकारको अनुदान सहयोगमा नेपालमा शिक्षा, स्वास्थ्य र फोहर व्यवस्थापनका क्षेत्रमा कार्यान्वयन हुने ११ वटा उच्च प्रभाव समुदाय विकास परियोजनाका लागि आज सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 


सम्झौतापत्रमा यहाँस्थित भारतीय दूतावास, नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपाल सरकारका परियोजना कार्यान्वयन निकायले हस्ताक्षर गरेका हुन् । उक्त परियोजनाहरू करिब १ अर्ब १६ करोड लागतमा कार्यान्वयन हुने दूतावासले जनाएको छ ।



भारत सरकारले सन् २००३ देखि नेपालमा हालसम्म ५९० वटा उच्च प्रभाव समुदाय विकास परियोजनाहरू सञ्चालन गरेको छ । 

तीमध्ये ५०२ परियोजनाहरू शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, सम्पर्क मार्ग र सार्वजनिक उपयोगिता क्षेत्रमा पूरा भइसकेका छन् भने बाँकी परियोजनाहरू विभिन्न चरणमा कार्यान्वयन भइरहेका छन् । यी सबै परियोजनाहरू नेपालका सातै प्रदेशमा रहेका छन् ।



छिमेकी मुलुकका रूपमा भारत र नेपालबीच दीर्घकालीन, बहुआयामिक र बहुक्षेत्रीय सहकार्य रहँदै आएको छ । भारत सरकारद्वारा समर्थित यी परियोजनाहरूले नेपालमा जनशक्तिकरणका साथै प्राथमिकता प्राप्त क्षेत्रमा पूर्वाधार विकासमा टेवा पुर्‍याउने विश्वास लिइएको छ ।  



  • प्रकाशित मिति : २४ कात्तिक, २०८२ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया