सुर्खेत– कर्णाली प्रदेश सरकारले प्रदेशभर जन्मने सबै छोरीको बैंक खाता खोलेर २० वर्षसम्म नियमित रकम हालिदिने योजना ल्याएको छ । आउँदो आर्थिक वर्षका लागि प्रदेश सरकारले संसद्मा पेस गरेको बजेटमा छोरीको बैंक खाता खोलेर पैसा जम्मा गर्न यो वर्षका लागि ७ करोड रुपैयाँ छुट्याइएको छ ।
‘बैंक खाता छोरीको : सुरक्षा जीवनभरिको’ भन्ने नाराका साथ घोषित कार्यक्रमअन्तर्गत प्रदेश सरकारले छोरी जन्मिएको अवसरमा उनको नाममा बैंक खाता खोल्नेछ, र सुरुमा १ हजार रुपैयाँ जम्मा गरिदिनेछ । उक्त खातामा प्रदेश सरकारले २० वर्षसम्म मासिक पाँच सय रुपैयाँ जम्मा गरिदिनेछ । यसरी जम्मा गर्दा २० वर्षमा ब्याजबाहेक १ लाख २० हजार पुग्छ ।
बजेट वक्तव्यमा ‘छोरीको लालनपालन र शिक्षादीक्षाको लागि छोरी जन्मेको अवसरमा बैंकमा खाता खोली एक हजार रुपैयाँ जम्मा गर्ने र प्रत्येक महिना पाँच सयका दरले विवाह योग्य उमेर २० वर्षसम्म जम्मा गर्ने व्यवस्था गरिएको’ उल्लेख छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।