मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले आज पत्रकार सम्मेलन गर्ने भएका छन्। आज बिहान ११ बजे जनकपुरको जानके चार होटलमा उनले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
पछिल्ला घटनाक्रमको बारेमा उनले पत्रकार सम्मेलन मार्फत आज आफ्ना धारणा राख्ने मुख्यमन्त्रीका सचिवालयका रन्जीत सिंहले जानकारी दिए ।
दलहरूलाई छलेर प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई गत आइतबार संविधानको धारा १६८ को ३ बमोजिम मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।
सोमबार बिहान बिरामी रहेको बहानामा उपचारको लागि काठमाडौं निस्केकी प्रदेश प्रमुख भण्डारीले महोत्तरीको बर्दिबास नगरपालिका–३ कालापानी स्थित पानस होटलमा शपथ ग्रहण गराएकी थिइन् । यसपछि मधेश भवनको अवस्था असहज भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।