१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

खातामा स्थायी लेखा नम्बर अद्यावधिक गर्न एनआईसी एसिया बैंककाे ग्राहकलाई अनुराेध

गतिशील बैंकिङ्ग अभ्यास गरिरहेको एनआईसी एसिया बैंकले ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) र ईमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेकाे छ ।


बैंकले ग्राहकहरूको खाताबाट गरिएको कर कट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्नुपर्ने भएकोले बैंककाे पोर्टल वा मोबाइल बैंकिङ्ग एपमा रहेको प्यान अपडेट विकल्पमा ट्याब गरी आफ्नो प्यान  यथाशीघ्र अद्यावधिक गर्न ग्राहकलाई अनुराेध गरेकाे हाे ।



ग्राहकहरूले आफूलाई पायक पर्ने यस बैंककाे जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा ईमेल ठेगाना अद्यावधिक गर्नको लागि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको छ ।

बैंकबाट निक्षपकर्ताको ब्याज भुक्तानी बापत काटिएको करलाई इटिडिएस रेकर्डमा जनाउनको लागि प्यान अत्यावश्यक रहेको छ । उक्त प्यान अद्यावधिक भएपश्चात् ग्राहककाे कर कट्टीको विवरण इटिडिएस सो प्यानमा प्रविष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रुपमा अनुसूची १० मा कर कट्टीको विवरण मिलान गर्ने र जसले गर्दा ग्राहकहरूलाई कर कट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंक सम्म धाउनुपर्ने अवस्थाको समेत अन्त्य हुने बैंकले विश्वास लिएको छ ।



ग्राहकले प्यान अद्यावधिक नगराएको कारणले इटिडिएस मा ब्याज कर दाखिला नभएको अवस्थामा र त्यस उप्रान्त ब्याज करमा थप समायोजन गर्नु परेको अवस्थामा बैंक जिम्मेवार नहुने समेत बैंकले सम्पूर्ण ग्राहकलाई जानकारी गराएकाे छ ।

बैंकका ग्राहकहरूको आफ्नो खातामा बैंककाे भिडियो केवाईसी वा मोबाइल बैंकिङ्ग एप मा रहेको माइ प्राेफाइलमा ट्याप गरी चेन्ज इमेल विकल्प छनौट गरी आफ्नो ईमेल ठेगाना यथा शीघ्र अद्यावधिक गर्न सक्ने बैंकले जनाएकाे छ ।

साथै, यसअघि बैँकलाई प्यान उपलब्ध गराएर पनि कर कट्टीको विवरण समावेश नभएको वा ईमेल ठेगाना अद्यावधिक नभएको खण्डमा बैंककाे नजिकैको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रमा खबर गरेर सेवा लिन हुन अनुरोध गरेकाे छ ।



  • प्रकाशित मिति : २५ कात्तिक, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया