नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेका धेरै नेताहरू छिट्टै आफ्नो पार्टीमा सामेल हुने दाबी गरेका छन् ।
बुधबार भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानसँग सहमतिपत्रमा हस्ताक्षर भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले एमालेका नेताहरू पार्टी छोडेर आफूहरूको समूहमा आउने तयारीमा रहेको दाबी गरेका हुन् ।
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको कुरा ‘हावादारी’ भएको पनि टिप्पणी गरे ।
‘हालसम्म पार्टीमा १२ वटा राजनीतिक समूह समाहित भइसकेका छन् । यी सबै एकै ठाउँमा एकीकृत भइसकेको अवस्था छ,’ प्रचण्डले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।