२९ मंसिर, २०८२ साेमबार
Dec. 15, 2025

भदौ २३ पछि गृहमन्त्रीबाट राजीनामा दिन खोज्दा ओलीले रोकेका थिए : रमेश लेखक

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा तत्कालीन गृहमन्त्री रमेश लेखकले भदौ २३ गतेको जेनजी आन्दोलनपछि नैतिकताको आधारमा राजीनामा दिन खोज्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रोकेको बताएका छन् । 


कांग्रेसको केन्द्रीय समिति बैठकमा बोल्दै लेखकले आन्दोलनका क्रममा भएको मानवीय क्षतिपछि तत्काल राजीनामा दिने प्रस्ताव राखेको भएपनि ओलीले ‘मिल्दैन’ भन्दै रोक्न खोजेको बताए । 



‘मैले प्रधानमन्त्रीलाई भनेको थिएँ, यो मेरो अन्तिम क्याबिनेट बैठक हो,’ लेखकले भने, ‘तर ओलीले राजीनामा दिन मिल्दैन भन्नु भएको थियो । मैले भनेँ,- यो धरातलमा बस्न मिल्दैन। अन्ततः लिखित राजीनामा दिएँ ।’

उनले आन्दोलनपछि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने निर्णय तत्काल फिर्ता लिन आग्रह गरे पनि ओलीले नमानेको बताए ।  





  • प्रकाशित मिति : २६ कात्तिक, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया