१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

मधेसका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

मधेस प्रदेशको मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले रिट संयुक्त इजलासमा पठाउने आदेश दिँदै सुनुवाइ आगामी आइतबार तोकेको छ।


नेपाली कांग्रेस, जसपा नेपाल, माओवादी केन्द्र र लोसपा लगायतका ७४ सांसदले यादवलाई मुख्यमन्त्री बनाउने निर्णय बदर गर्न माग गर्दै रिट दायर गरेका थिए । उनीहरूले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम गठन भएको सरकार असंवैधानिक भएको दाबी गरेका छन् ।



यसअघि नै अदालतले मुख्यमन्त्री यादवलाई दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश जारी गरिसकेको छ । १७० सदस्यीय रहेको मधेस प्रदेशमा बहुमतका लागि ५४ सांसद आवश्यक  पर्छ ।  





  • प्रकाशित मिति : २६ कात्तिक, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया