दोस्रो राष्ट्रपति चुनावका लागि ट्रम्पले २४ घन्टामा जुटाए २७५ करोड

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालका लागि पनि राष्ट्रपति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । यही अभियान अन्र्तगत उनले २४ घन्टामा २७५ करोड रुपैयाँ जुटाएका छन् । 

अमेरिकी राष्ट्रपति पदको उम्मेदवार दिएपछि अन्य उम्मेदवारले २४ घन्टामा उठाएको रकमभन्दा यो निकै धेरै हो । विपक्षी दल डेमोक्रेटिकका तीन उम्मेदवारले यही समयमा ६५ करोड रुपैयाँ उठाउन सकेका थिए ।

ट्रम्पको रिपब्लिकन पार्टीले यसपटक पनि अमेरिकीहरु डोनाल्ड ट्रम्पलाई राष्ट्रपति उठाउन आतुर भएको बताएका छन् । पार्टीका अध्यक्ष रोना मेकडेनियलले यसअघि अमेरिकीहरुमा आफ्ना राष्ट्रपतिबारे यति ठूलो उत्साह कहिल्यै नदेखिएको बताएपछि सामाजिक सन्जालमा यो कुरा भाइरल भएको छ । 





  • प्रकाशित मिति : असार ५, २०७६ बिहीबार ११:६:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया