१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

सरकारलाई संसदीय समितिको निर्देशन- भयरहित वातावरणमा निर्वाचन हुने सुनिश्चितता गर्नू
राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति सभापति गेल्जेन शेर्पा

राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले आसन्न प्रतिनिधिसभाको निर्वाचन स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा हुने सुनिश्चितता गर्न सरकारलाई निर्देशन दिएको छ ।   


समितिका सभापति सोनाम गेल्जेन शेर्पाको सभापतित्वमा बसेको समितिको आजको बैठकले प्रहरीको मनोबल उच्च बनाउँदै जेनजी आन्दोलनका क्रममा लुटिएका हातहतियार फिर्ता गर्न र फरार कैदीलाई कानुनी दायरामा ल्याउन निर्देशन दिएको हो । 



समितिले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी र सुरक्षा अवस्थाबारे गृहमन्त्री ओमप्रकाश अर्यालसँग छलफल गरेको थियो । छलफलमा समितिका सदस्यहरूले निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्नुपर्ने, प्रहरीको मनोबल बढाउनुपर्ने, मुलुकमा शान्ति सुरक्षा र अमनचयन कायम गर्नुपर्नेमा जोड दिए ।

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री अर्यालले सरकारले निर्वाचनमा सुरक्षाको कुनै कसर बाँकी नराख्ने बताए । उनले सुरक्षा निकायलाई आवश्यक बन्दोबस्तीका सामग्री कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै आवश्यक स्रोत जुटाउन समन्वय भइरहेको बताए ।



फरक प्रसङ्गमा मन्त्री अर्यालले सरकार दलहरूसँग  नकारात्मक हुनै नसक्ने बताए । उनले  वार्ता र संवादबाटै आगामी समस्या समाधान हुने विश्वास व्यक्त गरे । 



  • प्रकाशित मिति : २७ कात्तिक, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया