बर्लिनमा अब पाँच वर्ष भाडा बढाउन प्रतिबन्ध

एजेन्सी– मानिसहरुलाई बस्नका लागि सस्तो घर मिलोस् भन्ने हेतुले जर्मनीको बर्लिनमा अब पाँच वर्ष घरभाडा बढाउन नपाइने भएको छ । सरकारले ल्याएको नयाँ कानुनका अनुसार यो नियम जनवरी २०२० देखि लागू हुने भनिएको थियो । तर, योबीचमा झन् धेरै भाडा बढ्ने अनुमान गरिएकाले यसलाई १८ जुनदेखि नै लागु गरिएको छ ।

जर्मनीकी चान्सलर एन्जेला मर्केलले पछिल्लो एक साता यस विषयमा आफ्ना कार्यकर्तासँग भेटिरहेकी छिन् । त्यहाँका बासिन्दाले कर्पोरेट कम्पनीका कारण समस्यामा परिरहेका केही भवनहरु सरकारले लिनु पर्ने बताएका छन् । 

बर्लिनमा अहिले अत्यन्त कम मानिसहरुसँग मात्र आफ्नो घर भएको र यसका कारण त्यहाँ भाडा बढ्न नहुने उनीहरुले बताइरहेका छन् ।





  • प्रकाशित मिति : असार ५, २०७६ बिहीबार ११:२१:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया