१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

एनपिएल प्रसारण अधिकारमा अनियमितताको आरोप, क्यानविरुद्ध अख्तियारमा उजुरी

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपिएल) को प्रसारण अधिकार वितरण प्रक्रियामा अनियमितता र स्वार्थप्रेरित निर्णय गरेको आरोप लगाउँदै एमएसएम भिडियो एपले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा औपचारिक उजुरी दर्ता गरेको छ । 


उक्त उजुरीमा क्यानले ओटीटी स्ट्रिमिङ र डिजिटल प्रसारण अधिकारको टेन्डर मूल्यांकन गर्दा निष्पक्षता कायम नगरी मिलेमतो र आन्तरिक स्वार्थका आधारमा निर्णय गरेको दाबी गरिएको छ ।  



क्यानले एनपिएलको ओटीटी अधिकारका लागि दुवै कम्पनी डिशहोम गो र एमएसएम भिडियोबाट प्रस्ताव प्राप्त गरेको थियो । तर, आर्थिकरूपमा क्यानका लागि बढी फाइदाजनक प्रस्ताव पेस गर्ने एमएसएमलाई पन्छाएर डिशहोमलाई अधिकार दिइएको उजुरीमा उल्लेख छ । 

एमएसएमले आफ्नो प्रस्तावमा ५ करोड २५ लाख रुपैयाँ न्यूनतम् ग्यारेन्टी र १५–८५ प्रतिशत राजस्व साझेदारीको योजना अघि सारेको थियो । तर, क्यानले ४ करोड ११ लाख रुपैयाँ न्यूनतम् ग्यारेन्टी र ७१–२९ प्रतिशत साझेदारीको प्रस्ताव राख्ने डिशहोमलाई छनोट गरेको हो ।



एमएसएमका प्रबन्ध निर्देशक सुजन थापाले क्यानले निष्पक्ष प्रतिस्पर्धा तोडेको आरोप लगाएका छन् । ‘क्यानले आन्तरिक सेटिङ गरेर रोयल्टी आउने कुनै आधार नै नभएको कम्पनीलाई अधिकार दिनुले यहाँ पूर्वसेटिङ छ भन्ने बुझिएको छ, सचिव पारस खड्काको स्वार्थ पनि देखिएको छ,’ एमएसएम भिडियो एपका एमडी सुजन थापाले भनेका छन्, ‘उहाँ आफैं पनि डिशहोमको एमबासडर भएकाले कन्फ्लिक्ट अफ इन्ट्रेस्ट देखिएको छ ।’  



  • प्रकाशित मिति : २७ कात्तिक, २०८२ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया