१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

अन्तरिक्ष भग्नावशेषले शेनझोउ-२० मा समस्या, यात्रीहरू नयाँ यानमा फर्किए

चीनका तीन अन्तरिक्ष यात्री आफ्नै देशको अन्तरिक्ष स्टेशनमा अस्थायी रूपमा फस्नु परेपछि, प्रतिस्थापन चालक दल ल्याइएको नयाँ अन्तरिक्ष यान प्रयोग गरी शुक्रबार सुरक्षितरूपमा पृथ्वी फर्केका छन् ।


चीनको अन्तरिक्ष एजेन्सीका अनुसार ती अन्तरिक्ष यात्रीहरू सवार शेनझोउ–२० यान अन्तरिक्ष भग्नावशेषले प्रहार भएपछि क्षतिग्रस्त बनेको थियो ।



उनीहरूले ६ महिनादेखि तियाङ्गोङ अन्तरिक्ष स्टेशनमा परिक्रमा गरिरहेका थिए र नयाँ चालक दल स्टेसनमा पुगेको चार दिनपछि ५ नोभेम्बरमा उनीहरू फर्कने प्रारम्भिक तालिका थियो । तर, फर्किने तयारी हुँदै गर्दा शेनझोउ–२० को रिटर्न क्याप्सुलको झ्यालमा सानो दरार देखिएपछि उनीहरूको मिसन एक हप्ताभन्दा बढी ढिलाइ भएको हो । झ्यालनमा दरार देखिुनको कारण उच्च गतिमा गुड्ने अन्तरिक्ष भग्नावशेष रहेको अनुमान गरिएको छ ।

प्रक्षेपण र अन्तरिक्षमा हुने टक्‍करबाट उत्पन्न लाखौँ सूक्ष्म भग्नावशेषहरू गोलीभन्दा तेज गतिमा निरन्तर पृथ्वीको परिक्रमा गरिरहेका हुन्छन् । यस्ता कणहरूले उपग्रह, अन्तरिक्ष स्टेसन तथा बाहिरी भागमा कार्यरत अन्तरिक्ष यात्रीहरूलाई जोखिम निम्त्याउने भएकाले सुरक्षा सतर्कता अत्यन्त आवश्यक मानिन्छ ।



चीनको म्यान्ड स्पेस इन्जिनियरिङ कार्यालयका अनुसार चेन डोङ, चेन झोङरुई र वाङ्ग जी शेनझोउ–२१ यानमार्फत सुरक्षित रूपले पृथ्वी फर्कनुभएको हो । शेनझोउ–२० भने कक्षमै रहनेछ ।

कार्यालयले यसै हप्ताको सुरूमा तियाङ्गोङ स्टेशनमा कार्यरत चालक दल ‘राम्रो स्वास्थ्य अवस्थामा, नियमित काममा व्यस्त र सामान्य जीवनशैलीमा’ रहेको जनाएको थियो ।

चीनले सन् २००३ मा मानवसहित अन्तरिक्ष उडान सुरु गरेपछि निरन्तर प्रगति गर्दै आएको छ । आफ्नै अन्तरिक्ष स्टेसन स्थापनापछि देशले अब सन् २०३० सम्ममा मानवलाई चन्द्रमामा अवतरण गराउने महत्त्वाकांक्षी लक्ष्य निर्धारण गरेको छ । 



  • प्रकाशित मिति : २८ कात्तिक, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया