१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

ईश्वर पोखरेलको अपिल- निर्वाचनका लागि उपयुक्त वातावरण बनाउन जनदबाब सिर्जना गरौँ
फाइल तस्बिर

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भदौ २३–२४ को राजनीतिक घटना र त्यसपछिको परिस्थितिलाई औंल्याउँदै पार्टी, नवयुवा पुस्ता र आम जनसमुदायलाई लोकतान्त्रिक मूल्य, राजनीतिक स्थायित्व, सामाजिक सद्भाव र राष्ट्रिय एकताको मार्गमा अघि बढ्न आह्वान गरेका छन् ।


भदौ २४ को जेनजी आन्दोलनलाई बेवास्ता गर्न नसकिने भन्दै उनले त्यसमा संलग्नहरूलाई उन्मुक्ति दिइए राष्ट्रिय आत्मविश्वासमा धक्का पुग्ने पनि उल्लेख गरेका छन् ।  



पोखरेलले आगामी नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन (२७–२९ मंसिर २०८२, काठमाडौँ) मा राजनीतिक, संगठनात्मक र विधानसम्बन्धी प्रस्तावहरूमा नयाँ बहस र निष्कर्ष आवश्यक भएको बताए । महाधिवेशन प्रतिनिधि छनोट मंसिर १३ गते हुने भएकाले पार्टीका सदस्यहरूलाई सक्रिय सहभागिताका लागि उनले अपील गरेका छन् ।

प्रतिगमनको विरोध, संविधानको रक्षा र असंवैधानिक संसद भंगको खारेजीका लागि जनदबाव सिर्जना गर्न जरुरी रहेको पनि उनले उल्लेख गरेका छन् । 



‘हाम्रो पार्टीको मार्गदर्शक सिद्धान्त जनताको वहुदलीय जनवादले निर्दिष्ट गरेको विचार र मान्यताअनुसार बहसमा सहभागी भएर नयां निष्कर्शमा पुग्नका लागि महाधिवेशन प्रतिनिधिहरूको भूमिका रहनेछ । महाधिवेशन प्रतिनिधिहरूको छनोट मंसिर १३ गते देशभर एकै दिन हुँदैछ । जबजको संगठनात्मक सिद्धान्त अनुसार उत्साह र निर्भयताका साथ प्रतिनिधि छनोटमा सहभागी बन्न पनि सम्पूर्ण पार्टी सदस्यहरूलाई म अपील गर्दछु,’ पोखरेलले शुक्रबार जारी गरेको वक्तव्यमा भनेका छन्, ‘प्रतिगमनको विरोध गर्दै संविधानको रक्षा, असंवैधानिक तरिकाले गरिएको संसद भंगको खारेजी तथा घोषित मितिमा संसदको निर्वाचन सम्पन्न गर्न उपयुक्त वातावरण निर्माणका लागि जनदबाब सिर्जना गर्नु आवश्यक छ ।’   



  • प्रकाशित मिति : २८ कात्तिक, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया