विजयकुमार गच्छदारले मागे प्रधानमन्त्रीको राजिनामा

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद् विजयकुमार गच्छदारले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग गरेका छन् । बिहीबार प्रतिनिधिसभा वैठकमा बोल्दै गच्छदारले राजिनामा माग गरेका हुन् । 

सरकारको कार्यकारीको नाताले गल्ती विधेयक ल्याएर प्रधानमन्त्रीले गल्ती गरेको बताउँदै गच्छदारले नैतिक रूपमा जिम्मेवारी लिएर राजिनामा दिन तयार हुनुपर्ने बताए । 

उनले भने, ‘सरकारको कार्यकारीको नाताले गल्ती विधेयक ल्याएर प्रधानमन्त्रीले गल्ती गर्नुभएको छ । उहाँले नैतिक रूपमा जिम्मा लिनुपर्छ । राजिनामा पनि दिन तयार हुनुपर्छ ।’ 

संसद्मा टेवल भएका विधेयकहरू संविधानको मर्म र भावनाविपरित भएको गच्छदारले बताए । उनले विधेयक ल्याएर फिर्ता गर्नु बहादुरी होइन भन्दै विधेयक ल्याउँदा सरकारका मन्त्रीहरू, प्रतिपक्ष, संसद्मा उपस्थित सबै दल र सरोकारवालहरूसँग छलफल गर्नुपर्ने बताए । 

उनले भने, ‘प्रधानमन्त्तीले विधेयक ल्याउनुभन्दा अगाडि सरकारका मन्त्रीहरूसँग मत्रै होइन सरोकारवालाहरूसँग, प्रतिपक्षसँग, सदनभित्र रहेका दलहरूसँग प्रशस्त छलफल गर्नु पथ्र्यो कि पर्देनथ्यो ? गुठी विधेयक ल्यायो, फिर्ता गरियो । फिर्ता गर्नु बहादुरी होइन ।’ 

सरकारप्रति निकै आक्रमक भएका गच्छदारले संविधान संशोधन नगरेकोमा रुष्ट भए । संविधान संशोधन हुनुपर्ने मधेसवादी दलको माग यथावत् रहेको उनले बताए । 



उनले प्रधानमन्त्री ओलीलाई प्रश्न गरे । भने– ‘प्रधानमन्त्तीले कसरी संविधान कार्यान्वय गर्दे हुनुहुन्छ ?’  

गुठी विधेयकले जनताको आस्थामाथि प्रहार भएको बताउँदै गच्छदारले विधेयक ल्याउनुभन्दा अगाडि सरकारले प्रशस्त होमर्वक गर्नुपर्ने बताए । 



उनले भने, ‘गुठी विधेयकले नेपाली जनताको आस्थामाथि प्रहार भएको छ । धार्मिक स्वतन्त्रता, धर्म सम्पदामाथि प्रहार भयो । गुठी विधेयक ल्याएर संविधान विरोधी काम गर्यो । त्यसको ठहर जनताले आन्दोलनबाट गरे । जनताले आन्दोलन गरेपछि सरकारले फिर्ता लियो । विधेयक लयाउनुभन्दा अगाडि सरकारले प्रशस्त होमर्वक गर्नु पथ्र्यो कि पर्देनथ्यो ?’ 

  • प्रकाशित मिति : असार ५, २०७६ बिहीबार १३:२९:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया