१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

रास्वपा छाडेका सन्तोष परियार भन्छन्- अब जनार्दन र मानुषीसँग मिलेर नयाँ दल खोल्छौँ
फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सन्तोष परियारले पार्टी परित्याग गरेसँगै नयाँ दल खोल्ने तयारी गरिरहेका छन् । 


परियारसहितका नेताहरू नयाँ दल खोल्ने तयारीमा जुटेको बताइएको छ । नयाँ दल गठनका लागि प्रगतिशील राष्ट्रिय अभियानका नेता जनार्दन शर्मा, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेत्री मानुषी भट्टराईलगायत नेतासँग परामर्श भइरहेको परियारले बताएका छन् ।
 
‘नयाँ दल गठन गर्ने तयारी भइरहेको छ, नेतृत्वबारे टुङ्गो लागेको छैन । त्यसमा म, प्रगतिशील राष्ट्रिय अभियानका सुदन किराँती, मानुषी यमी भट्टराईलगायत रहनुहुनेछ,’ नेता परियारले भने, ‘यससम्बन्धमा आजै विज्ञप्तिमार्फत जानकारी गराइनेछ ।’ 



यसअघि उनले आजै प्रगतिशील राष्ट्रिय अभियानका नेता शर्मासँग पनि छलफल गरेका थिए । नयाँ शक्तिका नेत्री भट्टराईले आफूहरू राजनीतिको पुनःगठनका लागि छलफलमा जुटेको पुष्टि गरे ।  





  • प्रकाशित मिति : २८ कात्तिक, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया