सभामुख देवराज घिमिरेले संसद् विघटनलाई गैर संवैधानिक, गैर कानुनी र अप्रजातान्त्रिक कदमका रूपमा व्याख्या गर्दै यसको तत्काल पुनर्स्थापना आवश्यक रहेको बताएका छन् ।
झापाको बिर्तामोडस्थित आफ्नो निजी निवासमा आज सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सभामुख घिमिरेले मुलुकको वर्तमान राजनीतिक अस्थिरताको समाधान संसद् पुनर्स्थापना नै एक मात्र वैधानिक विकल्प भएको धारणा राखे ।
‘संविधानको दायराभन्दा बाहिर गएर गरिएको संसद् विघटनले मुलुकलाई अनिश्चिततातर्फ धकेलेको छ,’ उनले भने । अहिलेको पहिलो आवश्यकता संसद् पुनर्स्थापना भएको र त्यही नै वैधानिक बाटो भएको उनको भनाइ थियो ।
सभामुख घिमिरेले संसद् पुनः स्थापनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले चाँडो सुनुवाइ गर्दै कानुनी, व्यावहारिक तथा राष्ट्रिय आवश्यकताका आधारमा सकारात्मक फैसला गर्ने अपेक्षा व्यक्त गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।