१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

ओलीलाई ईश्वर पोखरेलको काउन्टर- महाधिवेशनमा व्यापक बहस गर्छौँ

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी ११औँ महाधिवेशनमा राजनीतिक, सांगठनिक र विधानसम्बन्धी प्रस्तावहरूमाथि व्यापक बहस हुने बताएका छन् ।


हालै अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनमा आफू मात्र बोल्ने र अतिरिक्त छलफल नहुने संकेत दिएको प्रसंगलाई लक्षित गर्दै पोखरेलले महाधिवेशन बहसकै थलो बन्ने स्पष्ट संकेत दिएका हुन् ।



फेसबुकमार्फत प्रतिक्रिया व्यक्त गर्दै उनले २३ भदौपछि देशको राजनीतिक परिस्थितिमा ठूलो परिवर्तन आएकाले एमालेले आफ्ना निष्कर्ष अद्यावधिक गर्नुपर्ने बताए । उनका अनुसार महाधिवेशन प्रतिनिधिहरूले जबजका सिद्धान्तअनुसार निर्भयताका साथ बहसमा सहभागी भई नयाँ निष्कर्ष निकाल्नु आवश्यक छ।

मंसिर १३ गते देशभर एकैदिन प्रतिनिधि छनोट हुने बताउँदै उनले सबै सदस्यलाई सक्रिय सहभागिताका लागि अपीलसमेत गरेका छन्। 





  • प्रकाशित मिति : २८ कात्तिक, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया