१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

प्रचण्ड-माधव नेतृत्वको नेकपाले पायो दल दर्ताको प्रमाणपत्र

नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीसहित विभिन्न १० दलको एकीकरणपछि बनेको नयाँ राजनीतिक संगठन नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आधिकारिकरूपमा दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ । 


पार्टीका शीर्ष नेताहरूले आज निर्वाचन आयोग पुगेर प्रमाणपत्र ग्रहण गरेका हुन् । 



पार्टीको दर्ता प्रक्रिया १९ कात्तिकमा सम्पन्न भएको थियो, जसमा पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ र चुनाव चिह्न ‘पाँचकुने तारा’ प्रस्ताव गरिएको थियो ।

नयाँ पार्टीको नेतृत्वमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक र माधवकुमार नेपाल सह–संयोजकका रूपमा चयन भएका छन् ।





  • प्रकाशित मिति : २८ कात्तिक, २०८२ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया