शुक्रबार दिनभर अवरुद्ध रहेको इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स (इ–डिएल) सेवा शनिबार बिहानदेखि पुनः सञ्चालनमा आउने भएको छ ।
यातायात व्यवस्था विभागको डेटा सेन्टरमा आएको प्राविधिक समस्याका कारण आंशिकरूपमा चलिरहेको सेवा पूर्णरूपमा ठप्प भएको थियो ।
लाइसेन्सका लागि अनलाइन आवेदन दिन मिल्ने विभागीय वेबसाइट पनि पावर सप्लाइ बन्द भएपछि निष्क्रिय भएको थियो ।
विभागका निर्देशक केशव खतिवडाका अनुसार शुक्रबार साँझ नयाँ पावर सप्लाइ उपकरण जडान सम्पन्न भएकाले शनिबारदेखि सबै सेवा सामान्यरूपमा उपलब्ध हुनेछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।