धनुषाको मिथिला बिहारी नगरपालिकाका–१ का वडाध्यक्ष विन्देश्वर यादवको गोली प्रहार गरी हत्या गरिएको छ ।
शुक्रबार साँझ अपरिचित व्यक्तिले गोली प्रहार गरी यादवको हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गणेश बमले जानकारी दिए ।
प्रहरीका अनुसार गोली प्रहारबाट गम्भीर घाइते वडाध्यक्ष यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याइएको थियो । अस्पताल ल्याउने बित्तिकै चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।
वडाध्यक्ष यादवको हत्या आरोपमा धनुषा प्रहरीमा कार्यरत गाउँकै शम्भु यादवलाई पक्राउ गरिएको छ ।
गाउँमा श्राद्धको भोजमा दुई पक्षबीच भएको विवाद मिलाउन गएका वडाअध्यक्षको हत्या गरिएको स्थानीयले बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।