मेलम्चीका ठेकेदारलाई किन फर्काइदिए स्थानीयले ?

काठमाडौं– मेलम्ची खानेपानी आयोजनाको ठेक्का प्राप्त गरी काम गर्न पुगेको कम्पनीलाई स्थानीय ठेकेदारले फर्काइदिएका छन् । पीडित व्यवसायीले आफ्नो रकम भुक्तानी नदिएको भन्दै मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा काम गर्न आएका श्रेष्ठ कन्ट्रक्सनका कामदारलाई फर्काइदिएका हुन् ।

सरकारले मुहानको हेडबक्सलगायत अन्य काम गर्ने जिम्मा श्रेष्ठ कन्ट्रक्सनलाई दिएको थियो । कामको जिम्मा पाएपछि कम्पनी कामदार बोकेर मेलम्चीको मुहान पुगेको थियो । स्थानीयवासीले आयोजनामा आफूहरुको डुबेको रकम पहिला भुक्तानी दिएपछि मात्र काम सञ्चालन गर्नुपर्ने नत्र अवरोध हुने चेतावनी दिएका थिए । 

काम गर्न आएका ठेकेदार कम्पनीका मानिसलाई आफ्नो समस्या र मागबारे जानकारी गराएपछि माथि कुरा गर्ने भन्दै श्रेष्ठ कन्ट्रक्सनका कर्मचारी फर्केको स्थानीयको भनाइ छ । इटालेली कम्पनी सिएमसीले रकम नदिएर भागेपछि बोलपत्र खुलाएर मेलम्चीले अर्को ठेक्का प्रक्रिया थालेको थियो ।
     
स्थानीयवासीलगायत निर्माण व्यावसायी डेढ अर्ब रुपैयाँ भुक्तानी पाउनुपर्ने माग राखेर आन्दोलनरत छन् । रकम भुक्तानी नदिएसम्म काम चल्न नदिने जानकारी सरोकारवालाहरुले यसअघिदेखि नै दिँदै आएका छन् । 

खानेपानी आयोजनाको काम सुरु गर्न पहल गरिदिन आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेलले हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई आग्रह गरेका छन् ।





  • प्रकाशित मिति : असार ५, २०७६ बिहीबार १५:३१:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया