अंशबन्डाको निहुँमा आमा–छोराको झगडा,  घर भयो खरानी

बुटवल– रुपन्देहीमा घरायसी विवादका कारण परिवारकै सदस्यले घरमा आगजनी गरेका छन् । सैनामैना १ की कुन्तादेवी घिमिरेको घरमा उनका माइलो छोरा २७ वर्षीय माधव घिमिरेले आगजनी गरेका हुन् । 

आगजनीबाट माटोको पर्खाल र टिनले छाएको एकतले घर र घरमा रहेका नगद, गरगहना, खाद्यान्न जलेर नष्ट भएका छन् । इलाका प्रहरी कार्यालय रन्यौरा सैनामैनाका अनुसार दराजमा राखिएको दुई लाख ५० हजार रुपैयाँ नगद, ७ तोला सुन, पलङ, टिभी, कपडा समेत गरी आगजनीबाट २० लाख रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।

आगलागीबाट मानवीय क्षति भने भएको छैन । अंशबन्डाको विषयमा बिहान झगडा भएको र परिवारका सदस्य घरबाट बाहिर निस्केको मौकामा माधवले घरमा आगो लगाएको प्रहरीले जानकारी दिएको छ । 

आगजनी गर्ने घिमिरेलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।





  • प्रकाशित मिति : असार ५, २०७६ बिहीबार १५:३९:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया