२९ पुस, २०८२ मंगलबार
Jan. 13, 2026

मधेसमा मुख्यमन्त्री नै ‘मुख्य विवाद’

मधेस प्रदेशको मुख्यमन्त्रीमा सरोज कुमार यादवको नियुक्ति असंवैधानिक रहेको भन्दै विरोध जनाउँदै आएको मधेस प्रदेशका सात राजनीतिक दलहरूले आइतबार राष्ट्रिय झण्डासहित प्रदर्शन गरिरहेका छन् । जनकपुरधामस्थित मधेस भवन अगाडि सडकमै बसेर सात राजनीतिक दलका सांसद, नेता तथा कार्यकर्ताहरू विहानैदेखि शान्तिपूर्ण प्रदर्शन गरिरहेका हुन् ।  

जसपा नेपाल, लोसपा, नेकपा माओवादी केन्द्र, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी, नेपाली कांग्रेस र जनमत पार्टीका सांसद र नेता एवम् कार्यकर्ताहरू मुख्यमन्त्री यादव र सभामुख रामचन्द्र मण्डलविरुद्ध नारा लगाउँदै विरोध प्रदर्शन गरिरहेका छन् ।



अदालतको फैसला आउने भएकाले आफूहरू आशावादी रहेको र अदालतमाथि पूर्ण विश्वास रहेको भन्दै राष्ट्रिय झण्डासहित सडकमा आएको लोसपाका सांसद परमेश्वर साहले बताए  । उनले अदालतले न्यायपूर्ण फैसला गर्नेमा आफूहरू विश्वस्त रहेको बताए ।

यदी सरोज कुमार यादवलाई नै मुख्यमन्त्री ठहर गरेमा प्रदेश सभामा विश्वासको मत दिने बेला उनको फैसला हुने सांसद साहले बताए । मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले यादवलाई मुख्यमन्त्रीमा नियुक्त गर्दै महोत्तरीको एक होटलमा शपथ खुवाएका थिए । 



त्यसको विरोध गर्दै सात राजनीतिक दलहरूले निरन्तर विरोध गर्दै आएका छन् भने अदालतमा रिट समेत जारी गरेका थिए । सर्वोच्च अदालतले आजका लागि पेसी तोकेको छ भने सम्पूर्ण कागजातसहित दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । 

मुख्यमन्त्रीमा यादवको नियुक्ति र शपथविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा आइतबार हुने भनिएको सुनुवाइ भने स्थगित भएको छ । आइतबार हुने भनिएको सुनुवाइ सोमबारसम्मका लागि सरेको हो ।

मधेसमा १ सय ७ जना सांसद छन् । सरकार बनाउन ५४ सांसद सङ्ख्या बहुमत हो । एमालेका सभामुखसहित २५, कांग्रेस २२, जसपा १९, जनमत १३, माओवादी ९, लोसपा ९, नेकपा (एस) ७, संघीय समाजवादी, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका १–१ जना सांसद छन् । यसमध्ये एमाले, जसपा र लोसपाका १/१ सांसद निलम्बित छन् । मधेस प्रदेशसभामा हाल कायम रहेको सदस्य सङ्ख्या १ सय ४ हो । जसकारण मुख्यमन्त्री बन्नका लागि ५४ जना प्रदेश सभा सदस्यको समर्थन  आवश्यक पर्दछ ।  



  • प्रकाशित मिति : ३० कात्तिक, २०८२ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया