श्रीलंका केन्द्रीय बैंकका अनुसार सन् २०२५ का पहिलो १० महिनामा देशले पर्यटन क्षेत्रबाट झण्डै २ अर्ब ६ करोड ६० लाख अमेरिकी मुद्रा बराबरको आय प्राप्त गरेको छ, जसले अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब चार दशमलव नौ प्रतिशत वृद्धि भएको छ ।
जुन महिनामा मात्र पर्यटन आम्दानी एक सय छयासी करोडभन्दा बढी पुगेको बैंकले जनाएको छ ।
श्रीलंका पर्यटन विकास प्राधिकरणका तथ्याङ्कअनुसार चालू वर्षको सुरुदेखि २९ कात्तिकसम्म झण्डै १९ लाखभन्दा बढी विदेशी पर्यटक श्रीलङ्का पुगेका छन्, जसमा भारत पहिलो ठूलो स्रोत मुलुक रहेको छ ।
भारतपछि बेलायत, रसिया, जर्मनी र चीन प्रमुख आगन्तुक मुलुक बनेका छन्, जहाँ प्रत्येक देशबाट एक–एक लाखभन्दा बढी पर्यटक आएका छन् ।
पर्यटनको पुनरुत्थानसँगै होटल, यातायात, सेवा व्यवसाय तथा स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको बताइन्छ र श्रीलङ्काले बढ्दो पर्यटनलाई आर्थिक पुनर्जीवनको महत्वपूर्ण आधारका रूपमा हेरिरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।