२९ पुस, २०८२ मंगलबार
Jan. 13, 2026

हब इन्टरनेशनल एजुकेशन बन्यो पोखरा एभेन्जर्सको एजुकेशन पाटनर्स

शैक्षिक परामर्श क्षेत्रमा करिब दुई दशकदेखि निरन्तर काम गर्दै आइरहेको हब इन्टरनेशन एजुकेशन पोखरा एभेन्जर्सको इन्टरनेशनल एजुकेशन पाटनर्स बनेको छ ।सोमबार हब इन्टरनेशनल एजुकेशनका ब्रान्ड एण्ड प्रमोटिङ म्यानेजर पारस पन्त र पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले सम्झौता पत्रमा हस्ताक्षेर गरेका हुन् ।

पन्तले नेपालको खेलकुद क्षेत्रको विकासमा हब इन्टरनेशनल एजुकेशन पनि सहयोगी बनोस् भन्ने उद्देश्यका साथ पोखरा एभेन्जर्ससँग जोडिएको जानकारी दिए ।



उनले भने, ‘नेपालको खेलकुद क्षेत्र, अझ विशेष गरी क्रिकेटले स्तरउन्नतीमा फड्को मारिरहेको छ, त्यसमा हाम्रो पनि केही कन्टिरभ्युट रहोस् भन्ने उद्देश्यले पोखरा एभेन्जर्ससँग जोडिएका हौँ । पोखरा एभेन्जर्सको माध्यमबाट नेपाल प्रिमियर लिग (एनपीएल)को सारथी बन्न पाउँदा खुशी लागेको छ ।’

यस्तै  पोखरा एभेन्जर्सका अध्यक्ष त्रिपाठीले  एनपीएल सिजन–२ का लागि पोखरा एभेन्जरसँगको हब इन्टरनेशनल एजुकेशनको साझेदारी खेल क्षेत्रको समग्र विकास र विद्यार्थी चेतनाको जागरणका लागि एक महत्वपूर्ण कोसेढुङ्गा साबित हुने बताए ।



हब इन्टरनेशनल एजुकेशनले नेपालको शैक्षिक क्षेत्रमा मात्र नभएर खेलकुद क्षेत्रलाई पनि बढावा दिने काममा सहयोग पुर्याउँदै आएको छ ।

यसअघि सन २०२३ मा भएको ‘एपेक्स आइसिसी कप २०२३ क्रिकेट’ प्रतियोगितामा पनि पाटनर्सका रुपमा जोडिएर हब इन्टरनेशनल एजुकेशनले सहयोग पुर्याएको थियो ।

स्वदेश तथा विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीलाई गुणस्तरीय शैक्षिक परामर्श प्रदान गर्दै आइरहेको हब इन्टरनेशनल एजुकेशनले काठमाडौं, ललितपुर (कुमारीपाटी), कास्की (पोखरा), झापा बिर्तामोड), बुटवललगायत विभिन्न देशभरका मुख्य सहरबाट सेवा प्रदान गर्नुका साथै विश्वका विभिन्न देशबाट पनि सेवा दिँदै आएको छ ।    

 



 

  • प्रकाशित मिति : २ मंसिर, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया