केही दिनदेखि सुकरातको निरन्तर स्मरण आइरहेछ । उनै सुकरात जसलाई ‘फादर अफ वेस्ट्रन थट’ मानिन्छ । उनीसँग रिसाएर तत्कालीन सत्ताले उनलाई प्राणदण्डको सजाय तोक्यो । धेरै इतिहासकारले लेखेका छन्–शासन सत्ताले सजाय दिँदा शर्त राख्दै उनलाई जीवनदानको अवसर पनि दिइएको थियो । शर्त थियो–उनले जे कुरा भनी रहेका थिए, जे कुराको प्रचार गरिरहेका थिए, ती सबै फिर्ता लिउँन, समाजसँग–राज्यसँग क्षमायाचना गरुन ।
सुकरातले क्षमायाचना गर्नु सट्टा मृत्युवरणको बाटो रोजे । अहिलेको समाजका तथाकथित स्वनामधन्य बुद्धिजीवीहरुका लागि सुकरातले आत्महत्या गर्ने बाटो रोजेका थिए । किनकी उनले क्षमायाचना पत्र लेखेका भए अरु बाँच्ने थिए । तर सुकरातका लागि बाँच्नुभन्दा सत्य प्रिय भयो । के–का लागि बाँचेको छु त्यो उद्देश्य महत्वपूर्ण भयो । आफ्नो जीवनको लक्ष्य र आफ्नो जीवनको उद्देश्यबाट अनि आफ्नो जीवनको अनुभवजन्य सत्यबाट विमुख भएर थप केही बर्ष बाँच्नुको कुनै अर्थ अथवा प्रयोजन देखेनन उनले र सहर्ष विषपान गरी मृत्युवरणको विकल्प रोजे ।
२५–२६ सय वर्ष अघि विषपान गरेर मृत्युवरण गरेका सुकरात मनुष्यताको इतिहासमा अझै जीवित छन् । र, समग्र विनाशको पुर्व संध्यासम्म उनी मनुष्यताको दिमागमा, कलेज–युनिभर्सिटीको कोर्स बुकमा देखा परी रहने छन् । उनले राज्यसँग आत्मसमर्पण गरेर केही वर्ष अनुदानको जीवन बाँचेको भए मनुष्यताले उनलाई ईश्वी सम्वत प्रारम्भ हुनु पुर्व नै बिर्सी सकेको हुन्थ्यो ।
जीवनमा कुनै आदर्श छैन, कुनै लक्ष्य छैन, सात्विकता छैन, जीवनमा कुनै मूल्य छैनन् भने त्यस्ता व्यक्तिका लागि जिउनु नै सबै थोक होला । तर जोसँग जीवनको कुनै मर्म छ, धर्म छ, नैतिक मूल्य छन् भने उसका लागि स्वास फेर्नु नै महत्वपूर्ण होइन ।
यस्तै कथा जीससको बारेमा पनि प्रचलित छ । उनलाई मृत्युको सजाय दिँदा पनि क्षमायाचना गरे प्राणदान दिने सर्त राखिएको थियो । तर, सुकरात झै उनले पनि सत्यबाट विमुख भएर बाँच्नुको सट्टा क्रुसिफाइड हुने बाटो रोजे ।
जीवनमा कुनै आदर्श छैन, कुनै लक्ष्य छैन, सात्विकता छैन, जीवनमा कुनै मूल्य छैनन् भने त्यस्ता व्यक्तिका लागि जिउनु नै सबै थोक होला । तर जोसँग जीवनको कुनै मर्म छ, धर्म छ, नैतिक मूल्य छन् भने उसका लागि स्वास फेर्नु नै महत्वपूर्ण होइन ।
केही दिन अगाडि मैले फेसबुकमा बाँच्ने इच्छा समाप्त भएको आशय जनाउने पोस्ट लेखेको थिए । मित्र वर्गले कोलाहल मच्चाए । मलाई आदर्श र धर्मको दुहाई, ज्ञान र तथानामका परामर्श आउन थाले । आत्महत्या गर्नु पाप हो, कायरता हो, यो धर्म विरुद्ध छ, शास्त्र विरुद्ध छ, तपाईंले संघर्ष गर्नु पर्छ, तपाई यो हो, तपाई त्यो हो आदि–आदि ।
मैले संघर्ष गर्न २२ वर्ष अघि नै छाडेको थिए । २२ वर्ष अघि नै म समाजलाई,समाजले देखाएको मार्गलाई,सामाजिक मान्यतालाई आफ्नो अनुकूल नपाएर सन्यासी भएको थिए । मेरो सामाजिक मृत्यु २२ वर्ष अघि नै भइसकेको थियो ।
मैले पोस्टमा ‘आत्महत्या गर्छु अथवा गर्न गइरहेको छु’ भनेर लेखेको होइन । बाँच्ने इच्छा समाप्त भएको, बाँच्नुको कुनै अर्थ नरहेको भन्ने आशय व्यक्त गरेको थिए । भोलि नै त्रिशूलीमा गएर हाम्फाल्छु, कुनै रुख अथवा कोठामै पासो लाउँछु अथवा विषपान गरेर समाप्त हुन्छु भनेको थिएन।
म आत्महत्या भन्ने शब्दसँगै असहमति राख्छु । शास्त्रहरूले आत्माबारे त्यत्रो बखान गरेका छन–नैनं छिदन्ति शस्त्राणि ! यस्तो आत्माको हत्या कसरी हुन सक्छ ?आत्मा अजर–अमर छ कि छैन यसबारे मेरो कुनै धारणा छैन । तर ज–जसको यस्तो मान्यता छ उनीहरुले त आत्महत्या पाप हो भन्ने शब्दावली प्रयोग गर्नु भएन ।
मेरो आशय शरीरलाई विराम दिनु हो । शरीर जुन जीर्ण भइसकेको छ,शरीर जुन अनेकौं रोगले आक्रान्त भइसकेको छ । शरीर जुन बाह्य उपायले, विभिन्न औषधिले संचालित भइरहेको छ । त्यस शरीरप्रति प्रेम सकिएको छ । यस शरीरलाई अब पूर्ण विराम दिनु पर्छ भन्ने मान्यताले ओतप्रोत बनेको छु । रूग्ण शरीरलाई, क्लान्त शरीरलाई यसको अन्तिम गरिमा प्रदान गर्नु कुन अर्थमा पाप हुन सक्छ ?
मधुमेहको औषधि खाएर, कोलोस्ट्रोलको औषधि खाएर, रक्त संचार सुचारु राख्ने औषधि सेवन गरेर, रगत पातलो गर्ने ग्रुपका औषधि लिएर, दुखाइका नाना भाँति औषधि सेवन गरेर,पेटको कार्य सञ्चालन गर्ने नाना भाँतिका रसायन उदरस्थ गरेर शरीरलाई येनकेन प्रकारेण धक्का दिई–दिई घिसार्नुको के औचित्य ?
आउने दिनहरूमा औषधिको मात्रा र संख्या घट्ने होइन, अझ बढ्दै जाने पनि निश्चित छ । यदि यस्तो क्लान्त शरीरलाई यसको पूर्णता प्रदान गर्नु पाप हो भने बुद्धले पनि यो पाप गरेका हुन् । बुद्धलाई खाई रहेको पदार्थ विषालु छ भन्ने थाहा हुँदाहुँदै उनले भोजन दिनेको खुशीका लागि त्यो खाए र त्यसकै कारण उनको शरीर पूर्ण भयो, उनले पनि आत्महत्या गरेको ठहरिन्छ ।
रामले जिउँदै सरयू नदीमा जलसमाधी लिएको दृष्टान्त पनि हाम्रा सामु छ । लक्ष्मणको पनि अन्त यसरी नै भएको कथा प्रचलित छ । पाण्डव जिउँदै मृत्युवरण गर्न हिमालयको यात्रामा गएको कसरी बिर्सन सकिन्छ !
म अशक्त भएर, शिथिल भएर,अरुमाथि निर्भर भएर बाँच्न इच्छुक छैन । बरु आफ्नो होसमा,पूर्ण जागरूकतामा मानसिक संकल्पका साथ शरीरलाई यसको पूर्णतामा गएको–पुगेको हेर्न चाहन्छु । एक पटक पुनः सुकरातको स्मरण–उनलाई विष दिने दिनभन्दा एक दिन पूर्व उनका मित्रगण उपस्थित छन् । सबै अत्यन्त दुखी छन्, रोइ रहेका छन् । तर सुकरात शान्त छन् । सुकरात सोध्छन्–तिमीहरु किन दुखी भइ रहेको ?
‘तपाई जस्तो व्यक्ति भोलि हामीसँग हुँदैन’ यस कारण हामी दुखी छौ । यत्तिकैमा कुनै एक जना मित्रले सोध्छ–तपाईंलाई हुन गइरहेको मृत्युको दुःख छैन ?
एकपटक पुनः सुकरातको स्मरण–उनलाई विष दिने दिनभन्दा एक दिन पूर्व उनका मित्रगण उपस्थित छन् । सबै अत्यन्त दुखी छन्, रोइ रहेका छन् । तर सुकरात शान्त छन् । सुकरात सोध्छन्–तिमीहरु किन दुखी भइ रहेको ?
सुकरात भन्छन्–पहिला त अलिक दुःख लाग्यो । तर मैले हुन गइरहेको मृत्युलाई तर्कको तराजुमा जोखे । मृत्युबारे संसारमा दुइटा अवधारणा प्रचलित छन् । एक थरी भन्छन–मृत्यु पछि पनि जीवन हुन्छ, पुनर्जन्म हुन्छ । मैले विचार गरे यदि यो अवधारणा सत्य हो भने म मृत्युलाई लिएर किन दुखी हुने, यो बुढो अशक्त शरीर लिएर बाँच्नुभन्दा मृत्यु पछिको नयाँ शरीरको सुख किन नलिने ? र, यसबारे अर्को मान्यता के छ भने कुनै पुनर्जन्म हुन्न,जे छ यही जीवन हो । मृत्युपछि विभिन्न घटक मिलेर बनेको जीवनको पूर्णता समाप्त हुन्छ । जीवन बनाउने संयोगले जुटेका सबै घटक आफ्नो मूल स्वरूप ऊर्जाकै रूपमा बिलिन हुन्छन् । यस मान्यता माथि विचार गर्दा पनि मैले दुखी हुने कुनै कारण भेट्टाउन सकिन । कहानी नै खत्म, जीवन जुन विभिन्न संयोगका कारणले बनेको थियो ती सबै संयोग समाप्त भए ।
एकपटक सुकरातको भनाइमा विचार गरी हेरौं त, जीवनपछि फेरी पुनः पुनः जीवन प्रक्रिया सतत चली राख्ने कुरा नै सत्य हो भने वृद्ध, क्लान्त,जर्जर शरीरलाई बलजफ्ती धानी राख्नुको के औचित्य ?
मानवतालाई ‘आर्ट अफ लिभिङ होइन,आर्ट अफ डाइङ’ सिक्नु आवश्यक छ । बाँच्नुको कुनै औचित्य–उपादेयता हुनुपर्छ । बाँच्नका लागि मात्र बाँच्नुको कुनै सार छैन ।
अनेकन शास्त्रले शरीरको उपमा वस्त्रसँग गरेका छैनन् र ? गीताकै सार एउटा कविले हिन्दीमा यसरी लेखेका थिए–मृत्यु एक सरिता है जिसमे श्रम से कातर जीव नहाकर, फिर नूतन धारण करता है कायारूपी वस्त्र बहाकर । कबीरले भनेको चदरिया मैली र तार तार हुनु पूर्व नै नयाँ चदरियाको खोजीमा एक झमट प्रयास गर्नु निन्दनीय कसरी हुन सक्छ ?
मानवतालाई ‘आर्ट अफ लिभिङ होइन,आर्ट अफ डाइङ’ सिक्नु आवश्यक छ । बाँच्नुको कुनै औचित्य–उपादेयता हुनुपर्छ । बाँच्नका लागि मात्र बाँच्नुको कुनै सार छैन । र, यदि वास्तवमै सारा धर्म र शास्त्र झूठा हुन, ‘पुनरपि जन्मम पुनरपि मरणम पुनरपि जननी जठरे शयनम’ जस्तो केही हुन्न । जीवन प्राकृतिक संयोगले बनेको एक चक्रीय प्रणाली नै हो भने ‘फकअप इट व्ह्वेन इट इज नट कम्फर्टेबल फर यु’ । यदि यही धारणा ठीक हो भने के धर्म र के पाप ?
पुनः सुकरातकै स्मरणमा बहकिन चाहान्छु– सुकरातलाई विष दिइयो । त्यो बेला अचेलका जस्ता सिन्थेटिक, मोडिफाइड, इन्डस्ट्री निर्मित विष उपलब्ध हुन्नथे । विभिन्न विषालु वनस्पतिको मिश्रणले विष बनाइन्थ्यो । जसले विस्तारै काम गथ्र्यो ।
सुकरातले विषपान गरेर आफ्ना मित्रहरुलाई आफ्नो मृत्युको बयान गरेका थिए–अब म आफ्नो खुट्टा शून्य हुँदै गई रहेको महसूस गर्दैछु,हात चेतनाशून्य हुँदै छन् । मेरो मस्तिष्क विस्तारै प्रतिक्रियाविहिन हुँदै गई रहेको छ । दृष्टि निभ्ने निभ्ने तहमा पुगी सक्यो । यसरी आफ्नो शरीरभित्र घटित हुँदै गई रहेको विभिन्न प्रक्रियाको वर्णन गर्दै अन्ततः सुकरातको वाणीले पूर्ण विराम लियो । मेरो संज्ञानमा नभएको अन्य व्यक्तिले पनि यसरी पूर्ण होसमा देहत्याग गरेका होलान्, मलाई सुकरातकै बारेमा मात्र थाहा छ ।
पाइलट बाबाले होस हुँदै आफ्नो मृत्युलाई स्वाभाविक प्रक्रिया ठानेर निर्णय गरेको भए उनको मृत्युको यस्तो दुर्गति हुने थिएन । जीवन भरी समाधिको प्रचारप्रसार गरेका उनले आफ्नो महासमाधिलाई प्राकृतिक बनाउन सकेनन् ।
मानिस मृत्युसँग भयभीत हुन्छ, भय यति बिघ्न कि कोही मृत्युबारे चर्चा गर्न पनि इच्छुक हुन्न । अब विज्ञानलाई थाहा छ मृत्यु कुनै एक दिन अचानक घटित हुने प्रक्रिया होइन । शरीरभित्र मृत्यु सतत घटित भरहेको हुन्छ, शरीरको ‘बिल्डिंग ब्लक’ कोशिका मरी रहेका हुन्छन्, नयाँ बनी रहेका हुन्छन् । अर्को महत्वपूर्ण कुरा कोशिका मर्नुपूर्व आफ्नो ‘रिप्लिका’ बनाउँछ । रिप्लिका बनाउन कोशिकाको टुप्पोमा रहेको टेलेमोर भन्ने पदार्थको अहम् भूमिका हुन्छ । प्रत्येक पटक कोशिकाले नयाँ कोशिका बनाउँदा टेलेमोरको आकार घट्दै गई रहेको हुन्छ । यही टेलेमोर नै नयाँ कोशिका बन्ने प्रमुख रसायन हो । कुनै दिन विज्ञानले स्पष्ट पर्ला आदि यावत उपाय गरेर मानिसको जीवन लम्ब्याउन जति प्रयास गरे पनि कोशिकामा टेलेमोरको उपस्थिति सकिएपछि नयाँ कोशिका बन्ने प्रक्रिया थामिन्छ । मुटु फेरेर,कलेजो फेरेर यहाँसम्म कि मस्तिष्ककै प्रत्यारोपण गरेर पनि एक निश्चित सीमाभन्दा मानिसको आयु लम्ब्याउन सकिन्न ।
ओहो संसारकै सबैभन्दा बुद्धिजीवीको नाम लिन पो बिर्सी राखेको रहेछु । आइन्स्टिन बिरामी भएर अस्पताल भर्ना भए । डाक्टरहरूले उनलाई पेटमा एउटा सर्जरी गरेर ठीक हुने कुरा भने । आइन्स्टिनले भने–एक दिन मर्नु त पर्छ नै, यो बाह्य उपाय अवलम्बन गरेर २–४ वर्ष बाँच्नुको के नै अर्थ, म शल्यक्रिया गर्न चाहन्न । उनको इच्छाअनुसार उनलाई अस्पतालमा सामान्य उपचार गरेर राखियो । तीन दिनमा उनको मृत्यु भयो ।
एउटा परिदृश्यको कल्पना गरौ–आइन्स्टीन अस्पताल पुग्दा अचेत अवस्थामा पुगेको भए ! डाक्टरले उनको स्वीकृति बिना अप्रेसन गर्ने थिए,अझ अशक्त हुँदा लाइफ सपोर्ट सिस्टममा राख्ने थिए । कृत्रिम स्वास दिएर, शरीरमा अनेक थरीका रसायन पसाएर उनको शरीरलाई क्षतविक्षत बनाउने थिए । डाक्टरहरुले यस्तो प्रयास महिनौ सम्म जारी राख्ने थिए ।
मेरे आँखा सामु एउटा यस्तो घटना भएको छ । भारतीय गुरु पाइलट बाबाका दुबै किडनी खराब थिए । ३–४ वर्षदेखि उनी दिनहुँ रगत सफा गर्ने प्रक्रिया डाइलेसिसबाट सहयोग लिएर बाँचेका थिए । मृत्यु हुनु पूर्व झण्डै दुई वर्षदेखि अस्पतालको शय्या नै उनको शयनकक्ष बनेको थियो । हरिद्वार, देहरादून, अहमदाबाद,राजकोट,मुम्बई, दिल्लीका नामी अस्पतालमा उनको उपचार भयो ।
जुन दिन उनको मृत्युको सूचना घोषित भयो त्यसको झण्डै ३७–३८ दिन पूर्व अपोलो अस्पताल दिल्लीमा उहाँलाई भेन्टीलेटरमा राखियो । फेरी अपोलोबाट एयरलिफ्ट गरेर मुम्बई पुर्याइयो । अन्ततः २० अगस्त २०२४ का दिन उहाँको मृत्यु घोषणा भयो । उहाँ वास्तवमा कुन दिन मर्नु भयो त्यो कसैलाई थाहा भएन । उहाँको पार्थिव देह हरिद्वार आउँदा दर्दनाक तस्वीर थियो । शरीर पूर्णतः गली सकेको थियो ।
यस्तो दुखद मृत्यु शायदै अन्य कसैले भोगेको होला ! शरीरको यस्तो दुर्गति अहिले सम्झिँदा पनि जिउ सिरिङ्ग हुन्छ । पाइलट बाबाले होस हुँदै आफ्नो मृत्युलाई स्वाभाविक प्रक्रिया ठानेर निर्णय गरेको भए उनको मृत्युको यस्तो दुर्गति हुने थिएन । जीवन भरी समाधिको प्रचारप्रसार गरेका उनले आफ्नो महासमाधिलाई प्राकृतिक बनाउन सकेनन् ।
मैले पनि आफ्नो जीवनको उपयोगिता समाप्त भएको अनुभव गर्दैछु । तसर्थ बाँच्नका लागि बाँच्ने नाममा विभिन्न कृत्रिम उपाय अवलम्बन गरेर बाँच्नुको सट्टा इच्छा मृत्युको उपाय रोज्ने मानसिकतामा पुगेको छु ।
अन्त्यमा स्वामी रामतीर्थको स्मरण गर्दै पूर्णाहुतितिर लाग्छु । उनले ऋषिकेशमा आएर रामको काम सकियो भन्दै जीवित नै गंगामा प्रवेश गरेर शरीरलाई विश्राम दिएका थिए । उनी जगत विख्यात वेदान्ती थिए । जम्मा ३३–३४ वर्षकै अवस्थामा उनले आफ्नो उपयोगिता नदेखेर शरीरको अन्त गरे । यदि पायलट बाबाले पनि स्वेच्छाले मृत्युवरण गरेको भए यस्तो दर्दनाक मृत्यु खेप्नु पर्ने थिएन् ।
मैले पनि आफ्नो जीवनको उपयोगिता समाप्त भएको अनुभव गर्दैछु । तसर्थ बाँच्नका लागि बाँच्ने नाममा विभिन्न कृत्रिम उपाय अबलम्बन गरेर बाँच्नुको सट्टा इच्छा मृत्युको उपाय रोज्ने मानसिकतामा पुगेको छु ।
डाक्टरले तपाईलाई ब्लकेज हुनसक्छ,एक पटक एन्जियोग्राफी गराउनुस,ब्लकेज भए हामी खोली दिन्छौ । अब म एन्जियोग्राफी गराउने मुडमा छैन,गर्दिन पनि । आइन्स्टीनकै दृष्टिकोण अवलम्बन गर्छु । इच्छा मृत्यु मेरो कामना भए पनि विष खाएर अथवा झुन्डिएर आफ्नो इनिङको समापन गर्दिन । अब नेपालमा मेडिकल असिस्टेन्स डेथको प्रावधान छैन । नभए सुकरातझै आफ्नो मृत्युको कमेन्ट्री गर्ने इच्छा थियो । मृत शरीरलाई दान गर्ने अभिलाषा पनि छ । यसका लागि काठमाडौं आएर प्रक्रिया पूरा गर्नेछु ।
तिब्बतियन बुद्धिस्टमा स्वेच्छा मृत्युका लागि बार्दोको अभ्यास गरिन्छ,मलाई यसको पूरा ज्ञान छैन । सुनेको–जानेको जति बार्दोको अभ्यास गर्दैछु । जैन मुनि भएको भए सजिलो हुन्थ्यो । यस धर्ममा इच्छा मृत्युलाई सम्मान गरिन्छ । जैन समाज अथवा धर्मका संन्यासी अथवा मुनिले संथारा विधिबाट देहत्याग गर्न सक्छन् ।
हिन्दूहरूको अनेकन् शास्त्रले मृत्युलाई लुगा फेराइ भन्दा बढी महत्व दिएका छैनन् । यो समाज किन यति विचारहीन भएको ! यसले मृत्युको चर्चा पनि गर्न–सुन्न चाहन्न । कुरा चेतनाको गर्छ,आत्माको गर्छ, ८४ लाख योनिको कुरा गर्छ । गीताको कुनै अध्यायमा कृष्णले भनेका छन्–यस जीवनमा साधनारत कुनै मनुष्यको यदि केही कारणले मृत्यु हुन्छ भने अर्को जन्ममा उसले विगतको जन्ममा साधनामा अर्जित गरेको स्थिति सहज उपलब्ध हुन्छ । उसले शून्यबाट साधना प्रारम्भ गर्नु पर्दैन । पूर्वजन्मको स्थितिबाट उसको साधना अगाडि बढ्छ अर्थात् साधना नष्ट हुँदैन । बुद्धको कथामा पनि विगतका कयौँ जन्ममा गरेको साधनाको फलस्वरूप सिद्धार्थ गौतमको जीवनमा बुद्धत्व घटित भएको वर्णित छ ।
न त वैज्ञानिक रूपमा मृत्युले केही गुम्ने कुरा छ र न त आध्यात्मिक रूपमा मृत्युले केही खोस्ने स्पष्ट हुँदाहुँदै पनि मृत्युसँग मानिस किन भयभीत हुन्छ । जन्म आफ्नो हातमा छैन । केही हदसम्म जीवन पनि आफ्नो हातमा छैन । घरायसीदेखि टोल–छिमेक–समाज–धर्म–पैसा–राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थिति आदि आदि जीवनमा प्रत्यक्ष प्रभाव हाल्छन् । मृत्युमात्र यस्तो कुरा हो जसलाई आफ्नो स्वेच्छाले,आफ्नो अनुकूलताले समायोजित गर्न सकिन्छ । अब मनुष्यतालाई ‘आर्ट अफ लिभिङ होइन आर्ट अफ डाइङ’ को शिक्षण लिनु पर्ने आवश्यक भएको छ, जसलाई जुन दिन आफ्नो उपयोगिता समाप्त भएको बोध हुन्छ, उसले स्मरणको उपाय अवलम्बन गर्नु पर्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।