असार २२ गते कांग्रेस केन्द्रीय समितिको बैठक बस्ने

काठमाडौं– नेपाली कांग्रेसले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियानको समीक्षालगायत विषयमा छलफल गर्न कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ । कांग्रेसले असार २२ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएको हो । 

मुख्यसचिव कृष्णप्रसाद पौडेलले असार २२ गते ११ बजेका लागि बैठक बोलाइएको जानकारी दिएका छन् ।

बैठकमा नियमावली संशोधन मस्यौदा समितिद्वारा प्रस्तुत नेपाली कांग्रेसको नियमावली, २०७६ माथि छलफल, भातृ एवं शुभेच्छुक संस्थाको विधान र समसामयिक राजनीतिक विषयमा छलफल गरिने कांग्रेसले जनाएको छ ।





  • प्रकाशित मिति : असार ६, २०७६ शुक्रबार १५:३७:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया